स्याङ्जा, २९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय अध्यक्ष राजेन्द्रप्रसाद लिंङ्देलले गलत नेता र पार्टीलाई भोट दिंदा देश नै बर्वाद हुने बताउनु भएको छ ।
बुधवार स्याङ्जामा आयोजित बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भोट दिदा छोरी अन्माउदा झैं धेरै सोच बिचार गरेर दिनुपर्ने बताउनुभएको हो ।
‘देशको अवस्था हेर्दा सामान्य देखिन्छ। तर, सामान्य छैन।’ उहाले भन्नुभयो, ‘तीन दशकदेखि नेपालको राजनीतिमा प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रका नाउँमा सिमिति राजनीतिक पार्टीहरुका सिमित नेताहरुले देश र जनतालाई सिण्डीकेटगरी बन्धक बनाएका छन् ।’
अध्यक्ष लिङ्देनले सरकार, सरकार जस्तो नभएको र अदालत, अदालत जस्तो पनि र सांसद, पनि सांसद जस्ता नभएको बताउनुभयो । केही भ्रष्ट नेता र केही भ्रष्ट न्यायधीशबाट देश चलिरहेको पनि उहाको आरोप थिया ।
निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणा महाभियोगका भागीदार हुन कि होइनन् भन्ने कुरा उहाका भनाईबाटै प्रष्ट भैरहेको उहाको भनाई छ ।
आउदो मंसिर ४ मा राप्रपालाई मत माग्दै देश दोैदाहामा निस्केको बताउदै उहाले सही पार्टी र उम्मेदवारलाई मत दिई यसपटक राप्रपालाई हेर्न समेत आग्रह गर्नुभयो । पटक पटक अरु पार्टीलाई हेरिसकेको बताउदै यसपटक राप्रपालाई मत दिन आग्रह गर्दै राप्रपा बिजयी भएमा देशको अवस्था नै परिवर्तन गर्ने र भ्रष्टाचार सून्य बनाउने उदघोष गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु तोरणबहादुर गुरुङ, हिम्मतजंग कार्की र उदयराज पोखरेल, गण्डकी प्रदेशका पंच गुरुङ, पूर्व उपसचिव मदनबहादुर कार्की, भूतपूर्व सैनिक संघका केन्द्रीय अधयक्ष प्रकाशजंग कार्की, महिला नेतृ छमकला कँुवर लगायतले शुभकामना सहित राप्रपालाई मत दिई विजयी गराउन आग्रह गर्नुभयो ।
राप्रपा जिल्ला अध्यक्ष ईन्द्रप्रसाद गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसिंह ठकुरीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले एवं नेकपा माओवादी र नेपाली कांगा्रेस परित्याग गर्दे झण्डै २ दर्जन युवायुवती राप्रपा प्रवेश गरेको राप्रपाले जनाएको छ ।