स्याङ्जा ७ मंसिर । गरिमा विकास बैंकको १७ औं बर्षमा प्रवेश गरेको छ । बैकको वार्षिकोत्सवको अवसर पारेर गल्याङ १ राम्दी र वडा नं.११ हुँगीघाटस्थित बृद्व आश्रममा बस्दै आउनु भएका ७६ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा तथा स्वीटर वितरण गरिएको छ ।
राम्दीमा रहेको शिबपार्वती वृद्वाश्रम तथा बहुउदेश्यीय संस्था र निम्बार्क सत्सङ्ग आश्रमका गरिमा विकास बैंकले त्यहाँ रहेका जेष्ठ नागरिकहरुकालागि न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले सबैको सकारात्मक सहयोगले गरिमा विकास बैंक अगाडि बढ्दै गएको बताउनुभयो । उहाँले ग्राहकहरुको विश्वासका कारणआफुहरु अगाडिबढेको भन्दै ग्राहकको विश्वासलाई कमी हुन नदिने बताउनुभयो ।
अध्यक्ष बस्यालले गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विभिन्न कामहरु गरिरहेको बताउनुभयो । उहाँले स्याङ्जाका व्यवसायीहरुको सक्रीयतामा बनेको बैंक अहिले देशव्यापी हुनुमा सबै कर्मचारी, सेयर सदस्य, पत्रकार र सबैको उत्तिकै साथ रहेको बताउनुभयो । उहाँले नविनतम प्रविधि अनुसार बैंकलाई परिमार्जन गर्दै लगिने बताउनुभयो ।
बैंक स्याङ्जाबाटै स्थापना भएको कारणले राम्दीमाविशेष कार्यक्रम गरेर बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर न्यानो कपडा वितरण गरिएको कुरा बताउनु भयो । बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले शुमकामना सन्देश दिदै गरिमा विकास बैंक लिमिटेड आजदेखी १७ औं वर्षमा प्रवेश गरेको अवसरमा सबै प्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा गल्याङ नगरपालिका ३ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले गरिमाविकास बैंकले सामाजिक उत्तरदायीत्वको काममा महत्वपूर्ण काम गरेको बताउनुभयो । वालिङ शाखा प्रमुख लेखनाथ भट्टराई, ागल्याङ शाखा प्रमुख यज्ञमुर्ति न्यौपानेले गरिमाविकास बैंकले सकेसम्म सुविधा सहितका सेवादिन प्रतिबद्ध रहेको बताउनुभयो ।