स्याङजा, ९ साउन । गण्डकी प्रदेश सरकारले पूर्णता पाएसंगै स्याङजाका २ जना सांसद मन्त्री भएका छन्। चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको स्याङजाले २ जना मन्त्री पाएको हो।
एघार सदस्यीय मन्त्रीमण्डलमा नेपाली कांग्रेसतर्फका समानुपातिक उम्मेदवार मेखलाल श्रेष्ठ र नेकपा गठबन्धनबाट प्रत्यक्षतर्फ निर्वाचित दिपक थापा (चर्ति मगर) मन्त्री बन्नु भएको हो ।
श्रेष्ठलाई शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालय र थापालाई वन, वातावरण तथा भू–संक्षण मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनीहरुले शुक्रवार नै सपथ लिनुभएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक महिनापछि मन्त्री मण्डललाई पूर्णता दिदै शुक्रबार थप ६ जना मन्त्री नियुक्त गर्दा स्याङजाका २ जना मन्त्री बनेका हुन। प्रदेश सरकारले ११ मन्त्रालय सहितको मन्त्रीपरिषद गठनकार्यलाई पूर्णता दिएको जनाएको छ।
मेखलाल श्रेष्ठ
साविक दार्सिङ दहथुम गाविस हाल भीरकोट नगरपालिका १ निवासी श्रेष्ठले नेपाल बिद्यार्थी संघबाट राजनीति यात्रा सुरु गर्नुभएको हो । वालिङ बहुमुखी क्याम्पसमा नेविसघंको इकाई सभापति, जिल्ला उपसभापति, नेपाल तरुण दलको पूर्व केन्दीय सदस्य हुदै नेपाली काँग्रेसको महासमिति सदस्य पुरा हुनुभएको छ ।
समानुपातिकतर्फ पहिलो नम्बरमा सूचिकृत उहा नेपाली काँग्रेसको संसदीय दलको उपनेतासमेत पनि हो ।
दिपक थापा
साविकको विरुवा अर्चले गाविस हाल बिरुवा गाउँपालिका २ निवासी थापाले कम्युनिष्ट पार्टीको सदस्य लिई राजनीतिक यात्रा सुरु गर्नुभएको थियो।
पूर्व शिक्षक समेत रहेका उनी २०५२ सालदेखि नेकपा माओवादीमा आवद्ध उहा पार्टी जनसरकार स्याङ्जाको प्रमुख, राज्य समितिको सचिवालय सदस्य भएर काम गरिसक्नु भएको छ ।
२०६४ सालको संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ मा उम्मेदवार भई पराजित हुनुभएको थियो । २०७४ को निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर १ (क) को प्रदेशसभा निर्वाचनमा तत्कालीन बाम गठबन्धनतर्फ उम्मेवार भई विजयी हुनुभएको हो ।
प्रत्यक्षतर्फका ४ र समानुपातिकतर्फका एक सांसद रहेको स्याङजाले यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मन्त्री पाएका थिएनन्। गुरुङ् नेतृत्वको सरकार ढलेसंगै कांग्रेस नेतृत्वमा बनेको कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकारले स्याङजाका २ मन्त्री बनेसंगै जिल्लामा खुशी छाएको छ।
जिल्लामा देखिएको नयाँ भेरियन्ट सहित बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि सर्वसुलभ कोरोना बिरुद्धको खोपको छिटो र सहज उपलब्धताका लागि नवनियुक्त मन्त्रीसंग जिल्लाबासीको पहिलो र मुख्य अपेक्षा छ।
Wednesday, February 5
Trending
- प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन
- वालिङ् तमादीमा स्कार्पियो दुर्घटना हुदाँ ५ जना घाईते
- महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण
- स्याङ्जामा एचपिभी खोप लगाउन सुरु
- श्रीपञ्चमी पारेर गोदगोदेमा पुतलीबजार ३ को कार्यालय उदघाटन
- फागुन ६ देखि हुने सातौं स्याङ्जा महोत्सवको ८० प्रतिशत काम पुरा
- नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना
- सातौं स्याङ्जा महोत्सवमा रत्यौलीदेखि आमा (एकल) नृत्य सम्म प्रतियोगिता