Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 10
    Trending
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजालाई
    गण्डकी प्रदेश

    गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजालाई

    घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जितेको छ ।
    Syangja SandeshBy Syangja SandeshJune 21, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पोखरा ६ असार । घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जितेको छ ।

    पोखरा रंगशालामा बिहीबार सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९।३ ओभरमा सबै १० विकेट गुमाउँदै १०७ रन मात्रै जोड्न सक्यो । यता जवाफी व्याटिङका लागि उत्रिएको स्याङ्जा ३९ बल बाँकी छंदै ४ विकेटको क्षतिमा १११ रन बनाउँदै उपाधि जितेको हो ।

    उपाधि संगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
    कास्कीका सिव्रिन श्रेष्ठ १६ बलमा १८ रन बनाउनुभयो । उहालाई करण पगेनीले रन आउट गर्नुभयो । मुस्कान थापाले ३ रन बनाउँदै आउट हुनुभयो भने अभिशेक थापाले २५ बलमा १७ रन बनाउनुभयो । सोहेल कुंवरले १४, रोहित चन्दले २१ बलमा १४ रन, सुभाष भण्डारीले १२ बलमा ६ रन, विपिन खत्रीले १२ र कृष्ण पौडेलले १३ रनको योगदान दिएका थिए ।

    जवाफी व्याटिङका लागि उत्रिएको स्याङजाका ओपनर इश्वर क्षेत्री पहिलो बलमा डक आउट हुँदै पेभिलिएन फर्किनुभयो । विपिन खत्रीको बलमा विकेट किपर अर्जुन कुमालले क्याच लिंदै सुरुवातमा नै कास्कीले स्याङजालाई दबावमा राख्ने प्रयास गर्नुभएको थियो ।
    स्याङजाका लागि करण पगेनीले नट आउट रहँदै ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए । अनिष ताम्राकारले ७ रन बनाउनुभयो । उहा सुभाष भण्डारीको बलमा रोहित चन्दबाट क्याच आउट हुनुभयो ।

    स्याङजाका अर्का व्याट्स्म्यान सन्दिप खत्री क्षेत्रीलाई विपिन खत्रीले बोल्ड गर्नु अघि विस्फोटक पारी खेल्दै २७ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै ३६ रन जोडनुभएको थियो । सुजन गौतमले ९ बलमा २ चौका प्रहार गर्दै ९ बलमा १० रन बनाउनुभयो । उहालाई अभिसेक थापाले बोल्ड गर्नुभयो भने अंकित न्यौपानेले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन बनाएर नट आउट रहनुभयो । खेलमा स्याङजाका करण पगेनी फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित हुनुभयो ।

    यहि असार ३२ गतेबाट सञ्चालन भएको प्रतियोगितामा नवलपुरका प्रमिश अर्याल प्लेयर अफ दि टुर्नामेन्ट घोषित भई खेल अविधमा १५४ रन बनाउनुभयो । तनहुँका दिनेश बुढा मगर वेष्ट व्याटर र प्रतियोगितामा सर्वाधिक ९ विकेट लिएका बाग्लुङका सञ्चार निउरे उत्कृष्ट बलर घोषित हुनुभयो । उहाहरुले नगद सहित ट्रफी पाउनु भएको छ ।

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा सम्पन्न उक्त प्रतियोगिताको समापनका अवसरमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध रहेको जनाउँदै यस प्रकारका प्रतियोगिताहरुले खेलाडीहरुमा उत्साह बढाउने भन्दै प्रंशसा गर्नुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशका सांसद एवं पूर्व मन्त्री पञ्चराम गुरुङले खेलकुदले पर्यटन प्रवर्द्धनमा समेत उल्लेख्य भूमिका खेलेको बताउँदै यूवाहरुलाई आफ्नो क्षेत्रमा उत्कृष्टता हासिल गर्न सुझाव दिनुभयो ।
    प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.