Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गण्डकी प्रदेशलाई कृषिजन्य बस्तुमा आत्मनिर्भर बनाउनेछौं — मुख्यमन्त्री पाण्डे
    गण्डकी प्रदेश

    गण्डकी प्रदेशलाई कृषिजन्य बस्तुमा आत्मनिर्भर बनाउनेछौं — मुख्यमन्त्री पाण्डे

    Syangja SandeshBy Syangja SandeshFebruary 2, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि वा पशुजन्य बस्तुमा आत्मनिर्भर बनाउने बताउनुभयो ।

    तरकारी, फलफूल, दुध र मासु मध्ये केहीमा प्रदेशलाई आत्मनिर्भर बनाउनेगरी अघि बढेको उहाले जानकारी गराउनुभयो ।
    वालिङ उद्योग वाणिज्य संघ स्याङ्जा र नगरपालिकाको आयोजना बिहीवारदेखि सुरु भएको ८ औं वालिङ महोत्सवको उदघाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो ।

    प्रदेश सरकारका पञ्चबर्षिय योजनामा युवा पलायन अर्यात बसाईसराईको दर घटाई तरकारी, फलफूल, दुध र मासुमा आत्मनिर्भर बनाउने लक्ष्य छ। उहाले भन्नुभयोे, ‘पाँच वर्षमा दूध, मासु, तरकारी र फलफूल सबैमा आत्मनिर्भर बनाउनेगरी अघि बढेका छौं। कुनै न कुनैमा पक्कै सफल बन्नेछौं।”

    प्रदेश सरकार कृषि, पर्यटन, संस्कृतिको संरक्षणमा जुटेको जनाउदै महोत्सवले जिल्लाका पहिचान, उत्पादन र ऐतिहासिक बस्तुका प्रचार प्रसार, प्रवद्र्धन तथा बजारीकरणकालागि महत्वपूर्ण हुनेछ उहाले भन्नुभयो े। सुन्तला र कफीले स्याङ्जाको पहिचान बनाएको छ।

    नेकपा एमालेका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री महेश बस्नेतले चेतनाको कमीका कारण नेपालको राजस्वमा वृद्धि हुन नसकेको बताउनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेश उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल, अर्थ विकास समितिका सभापति एवं प्रदेश सांसद भोजराज अर्याल, लेखा समितिका सभापति एवं प्रदेश सांसद सुधिरकुमार पौडेल, प्रदेश सांसद कल्पना तिवारी, वालिङ नगरप्रमखु कृष्ण खांण, कालीगडकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य युवराज राजभण्डारी, वालिङ् उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना, सचिव रमेश अर्याल लगायले जिल्लाकोे कृषि, उद्यम, स्थानीय उत्पादन, कला सांस्कृतिक, पर्यटकीय पहिचान गराउनुका साथै भेटघाटका लागि पनि यस्ता खालका मेला महोत्सवको आवश्यकता रहनेमा जोड दिनुभयो ।


    महोत्सव उदघाटनअघि वाजागाजा सहित वालिङ्बासी लगायत आमा समुह, जातिय तथा धार्मिक संघसंस्थाहरुले आ–आफ्ना भेषभुषा र झाँकी सहितको रयालीले नगर परिक्रममा गरेर वालिङ् नगरपालिका ८ स्थित खेलमैदानमा पुगेका थिए।
    बिहीबारबाट सुरु भएको महोत्सव माघ २८ गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र झण्डै १० करोडको आर्थिक कारोबार हुने लक्ष्य आयोजकको छ।

    महोत्सवमा झण्डै २ सय ५० स्टल राखिएका छन्। स्टलमा स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिइएको छ। बालउद्यान, पिङ्, सर्कस, ब्यापारिक स्टल, रेष्टुरेन्ट र ख्यातीप्राप्त लोकगायक तथा गायिकाको उपस्थितीले महोत्सवलाई थप आर्कषित बनाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.