स्याङजा १ भदौ । गण्डकी प्रदेशमा करियर बुथको स्थापना गरिएको छ । काठमाडौँ विश्वविद्यालय र इटीएच जुरिचको साझेदारीमा सञ्चालनभइरहेको शिक्षाप्रणाली कार्यशाला (आइल्याव) नेपाल कार्यक्रम अन्तर्गत गण्डकीटिम मार्फत १० स्थानमा करियर बुथ स्थापना भएको हो ।
नेपालमा बेरोजगारी र दक्षजन शक्तिको अभाव दुबै समस्या छन् । एउटा पक्षमा रोजगारीको अवसर खोज्दै युवाहरू वैदेशिक रोजगारीतर्फ धाइरहेका छन् भने अर्काेतर्फ यहाँका उद्योग–व्यवसायीले आवश्यक सीपयुक्त जनशक्ति नपाएर कार्यक्षेत्रमा कठिनाइ भोगिरहेका छन् । यस्तै समस्या समाधानगर्न गण्डकी प्रदेशमा करियर बुथको स्थापना गरिएको हो ।
करियर बुथ स्थापना गर्नका लागि प्रदेशका शैक्षिक र व्यवसायिक संस्थाहरुसँग आईतबार पोखरामा आयोजित एक कार्यक्रमकावीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी भई हस्ताक्षर भएका संस्थाहरुमा रोजगार सूचना केन्द्र (सामाजिकविकास, युवातथा खेलकुदमन्त्रालय) पोखरा , प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद गण्डकी प्रदेश,गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान, व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिका, वालिङ नगरपालिका,माछापुच्छ्रे गाउँपालिका , पोखरा प्राविधिक शिक्षालय , किसान प्राविधिक शिक्षालय , उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट रहेका छन् ।
गण्डकी प्रदेशमा स्थापना भएको करियर बुथ को पहललाई भविष्यमा रोजगारी, सीप र युवाको भविष्यसँग प्रत्यक्ष जोडिने महत्वपूर्ण कदमका रूपमा हेरिएको आइल्याव गण्डकीका संयोजक तथा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले बताउनुभयो ।
उहाले भन्नुभयो, “यसको लक्ष्यभनेको बेरोजगार युवाहरूलाई रोजगारीका अवसरसँग जोड्नु, विभिन्न संस्थालाई दक्ष जनशक्ति उपलब्ध गराउनु, र कामदारलाई उनीहरूको सीप र रूचि अनुसार मार्गदर्शन गर्नु हो । ”
विशेषगरी पाँच प्रकारका व्यक्तिहरूलाई सेवादिने गरी करियर बुथ डिजाइन गरिएको आइल्याव गण्डकीका सदस्य शरद कोइरालाले जानकारी दिनुभयो । रुचि र क्षमताबारे स्पष्टता नभएकाहरू ,काममा संलग्न तर अपूरा दक्षतावालाहरू,अनौपचारिक रूपमा दक्षता हासिल गरेका व्यक्तिहरू, अनुभवी व्यक्तिहरू र पेशागत रूपमा स्थापित व्यक्तिहरू यो कार्यक्रमबाट प्रत्यक्ष फाईदा लिन सक्ने कोइरालाको भनाई छ ।
शिक्षाप्रणाली कार्यशाला कार्यक्रम नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालीम प्रणालीलाई सुदृढ बनाउन लक्षित छ । यसै काठमाडौँ विश्वविद्यालयले देशभरबाट करियर बुथ स्थापनाकालागि प्रस्ताव आह्वान गरेको थियो । सो आह्वानमा गण्डकी प्रदेशको टिमले प्रस्तुत गरेको अवधारणा छनोट भई कार्यान्वयनर परीक्षणकालागि स्वीकृत भई १० वटा संस्था छनौट भएको आइल्याव गण्डकीका सदस्य नवराज अधिकारीको भनाई छ ।
करियर बुथले सेवाग्राहीलाई पेशागत विकासकालागि आवश्यक पहिचान, तालिम, सीप परीक्षण, रोजगार अवसर र उद्यमशीलता परामर्श उपलब्ध गराई प्रदेशभित्रै दक्ष जनशक्ति उत्पादनमा टेवा पु¥याउनेछ । यसले बाहिर रोजगारी खोज्नुपर्ने बाध्यता कम गर्न सक्छ । यससँगै प्रदेशको आर्थिक चक्रभित्रै युवाको श्रम–शक्ति परिचालनहुने र उद्यमशीलता बढ्ने अपेक्षा गरिएको छ ।
यसरी छनोट भएपछि गण्डकी प्रदेशको टोलीले करियर बुथको मोडालिटी, सञ्चालन प्रणाली र परामर्श सेवाबारे अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
यसरी करियर बुथले केवल बेरोजगारलाई मात्रहोइन, रोजगारीमालागि सकेकाहरूलाई पनिथप सशक्त बनाउन भूमिका खेल्नेछ ।
शिक्षाविज्ञहरूका अनुसार, नेपालमाशिक्षा र रोजगारी बीचठूलो खाडल छ । शिक्षाले दिने सीप र बजारले मागगर्ने सीपबीच मेल छैन। करियर बुथ जस्ता अभ्यासले त्यो खाडल घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
यदि यसलाई निरन्तरता दिइयो भने गण्डकी प्रदेश केवल प्राकृतिक सुन्दरता लागि मात्र होइन, सीपयुक्त मानव संसाधनको केन्द्र का रूपमा समेत चिनिनेछ भन्ने विश्वास गर्न सकिने बताइएको छ ।