स्याङ्जा २७ भदौ । युवाकवि मोतिराम भट्टको १५६ औ जयन्तीको अवसरमा वालिङमा साहित्यीक कार्यक्रम गरीएको छ ।
युवाकवि मोतीराम भट्टको १५६ औं जयन्तीको सन्दर्भ पारेर वालिङ प्रज्ञा प्रतिष्ठान र वालिङ नगरपालिकाको आयोजनामा स्याङ्जामै आधुनिक नेपाली गजल वाचनको पहिलो विशेष कार्यक्रम गण्डकी गजल प्रवाह गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख एवं प्रतिष्ठानका प्रमुख संरक्षक दिलिपप्रताप खांणले नेपाली साहित्य र भाषामा ठूलो योगदान पु्रयाउनुभएका भट्टको जिवनीको बारेमा चर्चा गर्नुभयो । साथै प्रमुख खांणले साहित्य समाजको ऐना भएको भन्दै साहित्यका माध्यमबाट समाजलाई सहित बाटोमा हिँडाउन सकिने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, गजलकार ननि अंकुर, विक्रम ढकाल, उत्तम अधिकारी, वसन्त खनाल, निकेश गिरी, दिपक सुनार दासी, तारानाथ पराजुली, अजित काफ्लेले युवाकवि भट्टको जयन्तीका अवसरमा समसामयिक विषयका ४÷४ वटा गजल सुनाउनु थियो ।
कार्यक्रममा अग्निकुमार रेग्मी पल्लव, राोसन तिमिल्सिना, तोरणराज बस्याल, प्रेमप्रसाद सुवेदी, खगेन्द्रप्रसाद अर्याल, डोलराज डुम्रे, लेखनाथ काफ्ले, राज’ मार्मिक, स्वस्तिक अपार, दिप सारदा, सन्जोग गैर्हे, दमकुमारी बगाले, भोजकुमारी पाण्डे, बोधराज न्यौपाने , कमल प्रसाद बगाले, नविन भुषाल लगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।
प्रतिष्ठानका संरक्षक देवीप्रसाद वनबासीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रतिष्ठानका सचिव शम्भु अर्याल र सञ्चालन मिलन समिरले गर्नुभएको थियो ।