स्याङ्जा २५ पुस । गण्डकी प्रदेशमा एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्री नियूक्ति भएपछि आजै ३ सदस्यीय मन्त्रीमण्डल पनि गठर्न भएको छ।
अधिकारीले आफ्नो दल एमाले सहित माओवादी, राप्रपा सहितको मन्त्रिमण्डल गठर्न भएको हो ।
मुख्यमन्त्रीसँगै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङले समेत मन्त्रीको सपथ लिनुभएको छ । मन्त्रीहरुलाई कुनै मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन । उनीहरु सबै विना बिभागीय मन्त्री भएका हुन् ।