स्याङ्जा १६ जेठ । गणतन्त्र दिवस मनाउने क्रमको तेस्रो दिन जेठ १६ गते स्याङ्जामा बिबिध सामाजिक सेवामूलक कार्यगरी मनाइएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले स्याङ्जा कारागारमा रहेका महिला कैदीबन्दीलाई लक्षित गर्दै सिलाई मेसिन उपलब्ध गराएको छ । महिला कैदीबन्दीलाई ब्यवसाय तथा आयआर्जनमा सहयोग पुरयाउने उदेश्यले सिलाई मेशिन उपलब्ध गराइएको अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी, नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको व्यवस्थापनमा स्याङ्जा कारागारमा रक्तदान गरिएको छ । केैदीबन्दीबाट २० युनिट रगत संकलन भएको छ । संकलित रगत जिल्ला अस्पताल स्थित ब्लड बैंकमा राखिएको छ । पुतलीबजार –१ स्थित लक्ष्मीकृष्ण सेक्युरिटी प्रा.लि.द्वारा रक्तदान गरेका २० कैदीबन्दीलाई फलफूल उपलब्ध गराउनुभएको छ ।
यसैगरी, स्याङ्जा चेम्बर अफ कमर्शको व्यवस्थापनमा पुतलीबजार –४ स्थित चण्डीकालिका बहिरा आधारभूत विद्यालयलाई खाद्यान्नका सामाग्री वितरण गरिएको छ । चामल, तेल, नून लगायतका खाद्यान्न उपलब्ध गराइएको अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय स्याङ्जाको व्यवस्थापनमा पुतलीबजार –१ स्थित मालेबगर खेलमैदानमा वृक्षारोपण गरिएको छ । ३ दिने गणतन्त्र दिवस कार्यक्रम अन्र्तगत अन्तिम दिन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्ति, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक शालिकराम शर्मा, नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति दिनेश अर्याल, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, च्याम्बर अफ कमर्श स्याङ्जाका अध्यक्ष लोकनाथ शर्मा लगायतले गणतन्त्र दिवसको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण उद्योग वािणज्य संघका महासचिव रविन केसीले गर्नुभएको थियो ।