स्याङ्जा १४ जेठ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पुतलीबजार नगरपालिकाको मुख्य चोक अर्थात सहिद चोकमा दिप प्रज्वलन गरिएको छ ।
गणतन्त्र दिवस मूल समारोह समितिको आयोजना तथा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको सहयोगमा चोकमा दिप प्रज्वलन गरिएको हो ।
दिपप्रज्वलन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तिले ठूलो बलिदानीबाट प्राप्त उपलब्धीको रक्षा गर्नु पर्ने बताउनुभयो । राजनीतिक दललाई सत्ता मोहबाट बाहिर निस्केर आम नागरिकका पीर, मार्का र आवश्यकता बुझी काम गर्न समेत सुझाव दिनुभयो ।
दिपप्रज्वलन कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक शालिकराम शर्मा लगायत उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श लगायत नागरिक समाज, सुरक्षाकर्मी लगायतको सहभागिता थियो ।