स्याङ्जा, १३ साउन । फेदीखोला गाउँपालिकाले पालिकाभित्र रहेका लिफ्टिङ खानेपानी उपभोक्ताका लागि अनुदान वितरण गरेको छ । खानेपानीको विद्युत् महसुल तिर्दै आएका उपभोक्ताका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लिफ्टिङ प्रविधिबाट खानेपानीको उपभोग गर्दै आएका उपभोक्ताको सहयोगका लागि गाउँपालिकाले वर्षभरिको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिएको जानकारी दिनुभयो । प्रविधिको प्रयोग गरेर खानेपानीको उपभोग गर्दा बढी खर्चिलो हुने जनाइएको छ । उपभोक्ताले बढी शुल्क तिर्नुपर्ने भएकाले थोरै भए पनि सहयोग पुगोस् भनेर गाउँपालिकाले उपभोक्ता समिति मार्फत अनुदान दिने निर्णय गरेको अध्यक्ष सुवेदीले बताउनुभयो । सातवटा उपभोक्ता समितिलाई रु तीन लाख उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
Sunday, August 24
Trending
- स्याङजा अस्पतालबाट विस्तारित सेवा
- स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
- स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
- फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
- खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
- राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
- ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
- अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण