स्याङ्जा १८ चैत । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री सीता सुन्दासले क्षयरोग निवारणमा सबैको चाँसो आवश्यक रहेको बताउनु भएको छ ।
आँधिखोला गाउँपालिका १ मा रहेको पर्यटकिय गाउँशिरुबारीमा शनिबार नेपाल क्षयरोग निवारण संस्थाको ४३ औ केन्द्रियबार्षिकसभाको उदघाटन गर्दैमन्त्री सुन्दासले गण्डकी प्रदेशले नीतिबनाएर अगाडी बढ्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले टीभी, मृगौलालगायतका रोगको उपचारमा अगाडी बढेको बताउदै सबै प्रदेशका सरकारलाई संस्थाले घचघचाउनु पर्ने बताउनुभयो ।
राज्यसगँ सहकार्य गरी संस्थाले स्वयंसेवीकाम गरेको बताउदै मन्त्री सुन्दासले क्षयरोग निवारणमा गाउँ स्तरमाअभियान सगै सरकारसगँ सहकार्य गरी अगाडी बढ्न अनुरोध गर्नुभयो । संस्थाको बिधान संसोधन गरेरप्रदेश सरकारलाई बुझाउनआग्रहगर्दै मन्त्री सुन्दासले सकारात्मककामको अनुसरण गर्दै आगामी बजेटमा गण्डकी प्रदेशले आवश्यक सहयोग गर्ने बताउनुभयो । क्षयरोगका बिरामीलाई बिगतमाअपहेलना र उपेक्षा गर्ने गरिएको बताउदै मन्त्री सुन्सालले अलिहे सुधार हुदै गएको बताउनुभयो ।
सभामा गण्डकी प्रदेशका सदस्य सुधिर कुमार पौडेलले प्रचारात्मक र उपचारात्मकार्यमा संस्था जुटेकोमा प्रसंशागर्दै समुदायभित्रकालक्षित बर्गको उपचारमा जुट्न आग्रह गर्नुभयो ।
यस्तै प्रदेश नीतितथा योजनाआयोगका सदस्य डा. शान्ता खत्री, आँधिखोला गाउँपालिका अध्यक्ष बिश्व पौडेल, संस्थाका महासचिब राजनश्रेष्ठ, स्याङ्जा अध्यक्ष बिष्णु प्रसाद पौडेल, उपाध्यक्ष ख्यामनारायण अधिकारी, सचिब युग नारायण श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो ।
बार्षिक सभामा स्व नारायण गोबिन्दअमात्य पुरस्कार २०७८ बाट डा केदार नरसिहँ केसी १५ हजार एक रुपियाँनगद सहित दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरिएको थियो ।
यस्तै संस्थाले स्वयंसेवकतर्फ खिमलाल डाँगी, कर्मचारी तर्फ कृष्ण महत, कृष्ण बहादुर तामाङ र नेको मित्रश्रेष्ठलाई सम्मानगरेको थियो ।
बार्षिक सभाले संस्थाको बिधान संसोधन, बर्षिक प्रगतिप्रतिबेदनतथा लेखा परिक्षण प्रतिबेदनपास गरेको थियो भने आगामीआर्थिक बर्षको प्रस्ताबित कार्यक्रम समेत पारित गरेको हो । बार्षिक सभाभा ३८ जिल्लाका एक सय दुई जनाप्रतिनिधी सहित एक सय ४१ जनाको सहभागिता रहेको थियो ।