Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 15
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » क्षमताभन्दा तेब्बर कैदी, न मास्क, न सामाजिक दूरी
    समाचार

    क्षमताभन्दा तेब्बर कैदी, न मास्क, न सामाजिक दूरी

    Syangja SandeshBy Syangja SandeshMay 17, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    क्षमताभन्दा तेब्बर कैदी, न मास्क, न सामाजिक दूरी
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै स्याङजामा दोस्रो पटकको निषेधाज्ञा जारी छ। सुरक्षा मापदण्ड अवलम्बन गर्नुका साथै सामाजिक दूरी, मास्क र सेनीटाइजरको प्रयोग अनिवार्य गर्न प्रशासनको कडा निर्देशन छ। 

    कोरोना संक्रमणले जताततै त्रसित बनाएका बेला यहाँका कैदीबन्दी भने उही पुरानै अवस्थामा छन्। कैदीबन्दीसँग न मास्क छ, न सेनीटाइजर।कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मास्क, सेनीटाइटर र सामाजिक दुरी अनिवार्य ठानिएका बेला स्याङजा कारागारमा यसको उपलब्धता छैनन्। शाखाको बजेटले व्यवस्थापन गर्न सकेको छैन। राज्यको नजर केदीबन्दीमा पर्न सकेको छैन। 

    सामाजिक दुरी त परै जाओस् हात सफा गर्ने सेनिटाइजर र सामान्य मास्क समेत कैदीबन्दीले प्रयोग गर्न पाएका छैनन्। सहयोगी दाताले उपलब्ध गराएका मास्क र सेनीटाइजरले एकदुई दिन धान्छ। त्यसपछि सकिन्छन्। 

    ‘हामी त सधैं उपेक्षित छौं। कोरोना संक्रमणले विश्व हलचल मच्चाउँदा समेत राज्यले हाम्रो स्वास्थ्यका बारेमा केही सोचेको छैन,’ नाम उल्लेख नगर्ने शर्तमा एक बन्दीले भने, ‘हाम्रो पनि त ज्यान हो। स्वस्थ्य भइ बाच्ने हाम्रो पनि मन छ।’

    कारागारको क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ। विभिन्न अभियोग र विभिन्न रोग, उमेर समूहका व्यक्तिहरु एकै ठाउँमा खचाखच छन्। अरु बेला जे जस्तो भएपनि यतिबेला भने ज्यादै त्रास हुदोरहेछ शाखा प्रमुख चुडामणी भण्डारीले दुखेसो सुनाए। 

    कारागार व्यवस्थापन विभागले रोकथामका लागि आवश्यकीय सामाग्रीको सूची मागेर पठाए पनि अझै प्राप्त नभएको प्रमुख भण्डारीको भनाइ छ। ‘अघिल्लो पटक यहाँका ३ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको थियो। उनले भने, ‘आन्तरिक सुरक्षा व्यवस्थापनको पाटो मिलाएको छु। आफन्तबाट बन्दीलाई भेटघाट बन्द गरिएको छ। शाखाका लागि अत्यआवश्यक किनमेलका लागि बाहिर जादाँ सुरक्षा मापदण्ड अपनाएका छन्।’

    कर्मचारी आवश्यक परेमात्र कार्यालय आउने गरेका छन्। अहिलेको अवस्था सामाजीक दुरी र स्वास्थ्य सामाग्रीको प्रयोग अनिवार्य छ। तर, ती कारागारमा छैन। सामाजिक दुरी कायम गर्न नसके पनि न्यूनतम स्वास्थ्य सुरक्षाका सामग्री मास्क र सेनीटाइजर भने राज्यले उपलब्ध गराउनै पर्दछ। विभिन्न किसिमका रोगबाट पीडित कैदीबन्दीलाई संक्रमण भयो भने ठूलो मानवीय क्षति व्यहोर्नुपर्छ।

    जीर्ण अवस्थाको कारागार छ । क्षमताभन्दा तेब्बरजति कैदीबन्दी भएपछि यहाँका कैदीबन्दीलाई बस्न र सुत्ने ठाउँको समेत अभाव छ। ३५ बन्दी क्षमताको कारागारलाई विस्तार गरी विगत केही वर्षयता ५० पुर्‍याइएको छ। कारागार शाखा १५ महिला र ३५ पुरुष क्षमताको हो।

    अहिले कारागारमा एक सय ४३ कैदीबन्दी छन्। ती मध्ये एक सय ३२ पुरुष र ११ जना महिला रहेको कारागार शाखाले जनाएको छ। स्याङजाको नुवाकोटमा रहेको कारागार २०३७ सालमा स्याङ्जा झारिएको हो। त्यसपछि केही वर्ष मर्मत र टालटुर्ले गर्दै आएको छ। अहिले पनि भित्ता चर्केको र छानो चुहिएको छ।

    वैशाखयता कोरोनाबाट स्याङजाका ९ सय ६४ जना संक्रमित भएका छन् भने ४२ जनाको उपचारकै क्रममा मृत्यु भइसकेको छ। ८५ जना निको भएका छन् भने अन्य होम आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.