Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 20
    Trending
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कृषि र पशुजन्य उत्पादनबिना समृद्धि संभव छैन –नगरप्रमुख खाँण
    वालिङ् नगरपालिका

    कृषि र पशुजन्य उत्पादनबिना समृद्धि संभव छैन –नगरप्रमुख खाँण

    Syangja SandeshBy Syangja SandeshJuly 4, 2022Updated:July 4, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० असार । वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पशुजन्य उत्पादनको वृद्धिबिना समृद्धि संभव नभएको बताउनुभएको छ ।

    वालिङमा आयोजित नगरस्तरीय गाईभैँसी पालन सम्बन्धी तीन दिने तालिमको अवसरमा नगरप्रमुख खाँणले नागरिकको समृद्धिको लागि कृषि र पशुजन्य उत्पादनमा वृद्धि नै प्रमुख उपाय रहेको बताउनुभएको हो ।
    नगरप्रमुख खाँणले कृषि उत्पादनमा वृद्धि ल्याउन किसानको मनोबल बढाउन आवश्यक रहेको उल्लेख गर्दै उत्पादित वस्तुहरुलाई बजारीकरण गर्न नगरपालिकाले आ.व.०७९÷०८० को नीति तथा कार्यक्रम नै बनाएको जानकारी दिनुभयो ।

    नेपालको पछिल्लो परिवेशमा शैक्षिक बेरोजगारको सङ्ख्या बढिरहेको अवस्थामा पशुपालन तथा कृषि व्यवसाय गरेर आर्थिक आम्दानी गर्न युवापुस्ता उद्धत हुनुपर्नेमा जोड दिनुभयो ।
    उहाँले भन्नुभयो–‘कृषकहरु यो देशका गहनाहरु हुन् । राष्ट्रले कृषकको सम्मान गर्नुपर्दछ । वालिङ नगरपालिकाले पनि आगामी दिनहरुमा कृषकलाई सम्मान तथा काममा प्रोत्साहन गर्न विशेष कार्यक्रम गर्छौँ ।’
    नगरप्रमुख खाँणले उत्पादनमा आधारित भएर अनुदान दिनेदेखि किसानहरुलाई बीउपूँजिको व्यवस्था सहित विगतका वर्षहरुमा भन्दा यसपटक कृषिमा बजेटको मात्रा बढाएको जानकारी दिनुभयो ।
    उहाँले तालिममा सिकेका विषयहरुलाई व्यवहारमा उतार्न किसानहरुलाई अनुरोध गर्दै उत्पादित वस्तुहरुको बजारीकरणको लागि नगरपालिकाले पूर्ण व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    तालिममा सहभागी पशुपालक कृषकहरुले समय समयमा तालिम तथा गोष्ठीको आयोजना गर्न नगरपालिकालाई अनुरोध गरेका छन् । तालिम तथा सेमिनारहरुले व्यवसायिक सीपको विकास हुँदै उत्पादनमा पनि वृद्धि गर्न सकिने उनीहरुको सुझाव छ । असार १७ गतेदेखि तीन दिनसम्म चलेको तालिममा वालिङका २८ जना व्यवसायिक पशुपालक किसानहरुको सहभागिता रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.