Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, September 18
    Trending
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कृषिमा बिद्यार्थीको आर्कषण बढ्दो
    भीरकोट नगरपालिका

    कृषिमा बिद्यार्थीको आर्कषण बढ्दो

    Bhawani AdhikariBy Bhawani AdhikariJuly 2, 2022Updated:July 2, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ असार । बालकदेखि नै कृषि शिक्षातर्फ आर्कषण बढाउने उदेश्यले स्याङ्जाको भीरकोट नगरपालिकाले भाग्योदय मावि उजेलीडांडामा थप कृषि प्राबिधिक बिषय पनि पढाउदै आएको छ। बिद्यालयले १८ महिने जेटिए प्राबिधिक कक्षा संचालन गरेरै सैद्धान्तिक एवं ब्यवहारिक शिक्षा पढाउदै आएको हो।
    अन्य पढाईसंगसंगै कृषि सम्बन्धी पढाई हुनथालेपछि यहाँका बिद्यार्थीले बिद्यालय परिसर र आ आफना घरघरमा पनि तरकारी खेती गरेको जनाए।
    कक्षा ८ देखि पढाई सुरु भएको यहाँका बिद्यार्थीले बिद्यालयमै तरकारी फलाएका छन्। कसरी जमिन तयार पार्ने, वीउ जमाउनेदेखि फल टिप्नेसम्मका ब्यवहारिक शिक्षा पाएको छात्रा इन्दिरा खनालले बताउनुभयो ।
    उनी जस्तै प्रकृति रोकाले बिद्यालयसंगै घरमा पनि तरकारी लगाएको बताईन्। बिद्यालयमा मात्र नभई यहाँ अध्ययनरत छात्रछात्राले घरमा पनि तरकारी लगाउन आफना अभिभावकलाई सिकाउने गरेको जनाएका छन्।
    बिशेषतः यहाँ प्रांगारिक मलको प्रयोगलाई बढी जोड दिइएको छ। प्रांगारिक उत्पादन बढाउनका लागि स्थानीय गैरसरकारी संस्था आपसी सहयोग केन्द्र नेपाल (आक्स) ले प्राबिधिक सहयोग उपलब्ध गराउदै आएको छ। आक्सले डेनमार्क सरकारको त्रिकोणको सहयोगमा यहाँ लगायत अन्य ४ बिद्यालयमा पनि यस्ता खालका परियोजना संचालन गर्दे आएको जनाएको छ।
    प्रांगारिक खेतीलाई जोड दिदै बिभिन्न परियोजना समेत संचालन गर्दे आएको आक्सले बिद्यालयलाई प्राबिधिक र कृषि शिक्षकलाई पारिश्रमिकमा केही सहयोग गरेको छ। बिद्यार्थीले सिकेका कुरालाई राम्ररी लागु गरेको आक्सका अध्यक्ष रुकुमदत्त शर्मा भन्नुहुन्छ ।
    पहिलो परीक्षणको नतिजा राम्रो देखिएपछि बिद्यालय परिवार पनि दंग छ। बिद्यालयले पाठ्यपुस्तक तयार पारेर हप्ताको एक दिन खेतबारीमै ब्यवहारिक कक्षा र अन्य दिन सैद्धान्तिक कक्षा संचालन गर्ने गरिएको प्रधानाध्यापक रेशमलाल खनालको भनाई छ।
    सिटीभिटी र आक्स को सहयोगमा आइपीएम पाठशाला संचालन गरेर यहाँका बिद्यार्थीले काक्रो फलाएका हुन। उहाहरुलाई ब्याड तयारी, बिउ जमाउने, लगाउने र फलाउनेसम्मका अभ्यास गराइएको थियो। अहिले पनि बिद्यालयमा केही तरकारी र काउलीका बिरुवा उर्मदो क्रममा छन्। ती बिरुवा एक महिनापछि रोप्नका लागि तयार हुने छात्रा भिमकुमारी एस.के. ले जनाउनुभयो ।
    घरमा बुवाको तरकारी ब्यवसाय भए पनि वास्तै नगर्ने उनी अहिले आफना बाबासंगै तरकारी बारेमा काममा साथ दिने बताउनुहुन्छ। ‘बिद्यालयमा पढाई हुन थालेपछि कृषिका बारेमा बुझ्ने र सिक्ने मौका पाएँ। त्यसपछि घरमा गएर पनि काम गर्न थाले। अहिले निकै रमाइलो लाग्छ। खुशी लाग्छ।’ एस.के. ले भन्नुभयो ।
    कृषिमा प्रबिधिको उपयोगसंगै बालअवस्थादेखि नै कृषिमा आर्कषण गराई प्रांगारिक खेती उत्पादनमा जोड दिने मुख्य उदेश्य रहेकाले सहयोग गर्दे आएको बताइएको छ।
    कृषिसंगै सबैको जीवन जोडिएकाले कृषिका बारेमा जानकार रहनु अत्यावश्यक छ। स्वस्थ्य ब्यक्ति, स्वस्थ्य मनस्थिती र स्वस्थ्य बिचारका लागि स्वस्थ्य खानपानमा ध्यान दिन जरुरी छ।
    बढ्दो राशायनिक मलका प्रयोगले दिनप्रतिदन हाम्रा स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेका बेला बिद्यालयले प्रांगारिक तरकारी उत्पादनमा चासो जगाउनु खुशीको कृषि शिक्षक सुवास रेग्मीको भनाई छ ।
    सुरुमा कृषि प्राबिधिक शिक्षा भनेपछि पढ्न आनाकान गर्थे। तर, अहिले धेरैले यसतर्फ चाहना राखेपछि परिक्षा लिएर जेटिए शिक्षा पढाउनु पर्ने भएको उहाले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.