स्याङ्जा, २ असार । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा सडकखण्डको कुभिण्डेमा मंगलबार साँझ खसेको पहिरो हटाएपछि एकतर्फी यातायातका साधन चलेका छन्।
फेदीखोला गाउँपालिका १ कुभिण्डेमा पहिरो खस्दा यातायात अवरुद्ध भएको थियो। पहाडबाट खसेका साना ठूला ढुंगा, माटो र बालुवाले सिद्धार्थ राजमार्ग नै अवरुद्ध बनाएको थियो।
सडक डिभिजन कार्यालय पोखरा र स्थानीय पालिकाको समन्वयमा पहिरो पन्छाइएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
केहीदिनदेखिको वर्षका कारण सिद्धार्थ राजमार्ग लगायत भित्री सडकमार्गमा पहिरा खसेका छन्। भित्री तथा कच्ची सडकमा पहिरा जाने क्रम अझ बढी छ।
अप्रत्याशितरुपमा बढेको बर्षाले स साना खोलानाला पनि ठूला बनेका छन्। खोला किनारका बस्ती र जमिनलाई समेत नराम्ररी क्षति पुरयाएको छ।
Tuesday, September 16
Trending
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
- हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
- स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
- संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
- नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य