पोखरा, ३ असार । कास्कीको मादीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरका १७० जना कामदार कर्मचारीलाई उद्धार गरिएको छ ।
सोमबारदेखि लगातार परेको वर्षाका कारण खोलामा फसेका १६० जना मजदुर तथा १० जना कर्मचारी गरी १७० जना कामदार कर्मचारीलाई उद्धार गरिएको हो ।
मादी गाउँपालिका २ का अध्यक्ष एकजङ्ग गुरुङ सहित, भगवती दल गण फूलबारी ब्यारेकका नेपाली सेना, स्थानीय युवा क्लब र जनप्रतिनिधिको सहयोगमा बुधवार ५ घण्टा समय लगाएर कलबन्दी खोलाबाट उद्धार गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
उद्धार गरिएका सबै जनालाई हिमालयन निम्न माध्यमिक विद्यालयमा राखिएको र उनीहरूलाई स्थानीय ताङ्तिङ आमा समूहले खाजा र खानाको व्यवस्था गरेका छन् । अव उनीहरुलाई हाइड्रोपावरका कर्मचारीमा जिम्मा लगाइने छ,