Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कालीगण्डकी स्थित मातृभूमि पुस्तकालयको उदघाटन
    कालिगण्डकी गाउँपालिका

    कालीगण्डकी स्थित मातृभूमि पुस्तकालयको उदघाटन

    Syangja SandeshBy Syangja SandeshJanuary 29, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ माघ । मन्त्रिपरिषद् पूर्व अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले कालीगण्डकी गाउँपालिका ४ विर्घामा रहेको मातृभूमि सामुदायिक पुस्तकालयको उदघााटन गर्नुभएको छ।

    सरस्वती पूजाको अवसर पारेर रेग्मीले भवन उद्घाटन गर्नुभएको हो । उदघाटन गर्दै उहाले पढ्न पाउने मानिसको नैसर्गिक अधिकारको सम्मान गर्दै पुस्तकालयले यस क्षेत्रका आमजनताको चेतना वृद्धिमा महत्त्वपूर्ण योगदान पुरयाउने बताउनुभयो । त्यस्तै समारोहमा पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले अत्याधुनिक पुस्तकालय बनेकोमा खुशी व्यक्त गर्दै पुस्तकालय ऐनको आवश्यकता औंल्याउनुभयो ।

    जापान सरकारको सहयोगमा शान्ति भोलन्टियर एसोसियसन, रिड नेपाल र स्थानीय समुदायको संयोजनमा सुसम्पन्न भएको भवन उद्घाटनको अवसरमा शान्ति भलुन्टर एशोसियसनका नेपाल निर्देशक हिरोको हागिहाराले नेपालकालागि जापानीज राजदुतको शुभकामना सन्देश सहित आगामी दिनमा समेत पुस्तकालयसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

    रिड नेपालका अध्यक्ष भोला श्रेष्ठले सबै उमेरसमुहलाइ लक्षित गरेर रिड मोडलमा बनाइएको हुँदा पुस्तकालयबाट सबै लाभान्वित हुने विश्वाश व्यक्त गर्नुभयो । शुभेच्छा मन्तव्य राख्दै गण्डकी प्रदेशसभा सदस्य निर्मला थापा र कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले पुस्तकालयको श्रीवृद्धिका निम्ति अभिभावकत्त्व ग्रहण गर्न आफूहरु तयार रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा पुस्तकालयका सचिव नारायण पाण्डेयले प्रतिवेदन पेश गर्नुका साथै शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला, किरण पुस्तकालयका अध्यक्ष शशि पन्थी, पुस्तकालयका सल्लाहकार डिल्लीराज पाण्डेय वडाअध्यक्ष यादव प्रसाद पाण्डेय लगायतका महानुभावहरुले पुस्तकालय महत्वका बारेमा बताउनुभएको थियो ।

    पुस्तकालय भवनमा पुस्तकालय कक्ष, वालकक्ष, महिला कक्ष, सूचनासंचार तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष, प्रौढ कक्ष र सामूदायिक सभाहल रहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.