स्याङ्जा २७ भदौ । कालीगण्डकी गाउँपालिकाका, स्याङ्जाका ९ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । प्रारम्भिकतहमा अध्ययन गर्ने बालबालिकाहरुमा पठन सिप र पढ्ने वानीको विकास गर्दै स्वतन्त्र पाठक बनाउने उद्देश्यले आदर्श आधारभूत विद्यालय, भगवती नमूना माध्यमिक विद्यालय, घुरडाँडा आधारभूत विद्यालय, किपत आधारभूत विद्यालय, कोटाकोट आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, नाराएणी आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय रसत्यदेवी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो ।
कालीगण्डकी गाउँपालिकार रुम टु रिडको साझेदारीतातथा सूर्योदय क्लबको व्यवस्थापनमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत पुस्तकालय स्थापना गरिएको हो । गाउँपालिकाले पुस्तकालय स्थापना गर्नको लागिआवश्यकफर्निचर, कार्पेट, कुशनतथा रंगरोगन सहयोग गरेको थियोभने रुम टु रिड र सूर्योदय क्लबबाट तालिम, सामग्री, पुस्तकहरु तथाप्राविधिक सहयोग गरेको थियो ।
यस पुस्तकालयमा ४ वर्ष सम्म नियमित रुपमा सहयोग गर्दै जाने रुम टु रिड (पढ्नको लागि कोठा)का साक्षरता कार्यक्रम अधिकृत ओमकुमार श्रेष्ठले जानकारी दिनुभयो । आधारभूत तहबाटै शैक्षिक गुणस्तर बढाउनका लागि पुस्तकालय स्थापना गरिएको र आगामी वर्षहरुमा पनि रुम टु रिड सँगको साझेदारीतामा सबै विद्यालयमा पुस्तकालय स्थापनागर्ने योजना रहेको र गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।
रुम टु रिड, सूर्याेदय क्लब तथा अन्य स्थानीयतसँगको साझेदारीम जिल्लाका अन्य विद्यालयमा पनि थप पुस्तकालय स्थापनागर्दै जाने क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।