Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कालीगण्डकीले गुरुयोजना बनाएर काम गरेको छ — अध्यक्ष थापा
    पुतलीबजार नगरपालिका

    कालीगण्डकीले गुरुयोजना बनाएर काम गरेको छ — अध्यक्ष थापा

    Syangja SandeshBy Syangja SandeshMarch 11, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ फागुन । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीम थापाले आफ्नो पालीकाले पालिकाको अवस्था हेरेर गुरुयोजना बमोजिम विकास निर्माणमा अघि बढेको बताउनुभयो । पालिकाको योजना बमोजिम पूर्वाधार निर्माणमा अघि बढेको बताउनुभयो ।


    नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको ‘कालीगण्डकी गाउँपालिका पर्यटकीय सम्भावना र विकास पूर्वाधार विषयक अन्तरक्रिया तथा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अभिमुखीकरण’ कार्यक्रमलाई पालिकाको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहांले सबैको साथ र सहयोगले गाउपालिका बिकास निर्माणमा अघि बढेको बताउनुभयो ।


    अध्यक्ष थापाले आफ्नो पालिकामा पहिलो पाँच वर्षमा सात अर्व रुपैयाँ खर्च गर्ने योजना बनाएकोमा कोभिड लगायतका कारणले साढे ५ अर्व रुपैयाँ बराबर खर्च भएको जानकारी दिनुभयाये । उहांका अनुसार अघिल्लो ५ वर्षमा ५० किलोमिटर बाटो पीच गर्ने घोषणा गरिएकोमा २२ किलोमिटर पीच गरिएको बताउनुभयो ।

    यो आर्थिक वर्षभित्र ४२ किलोमिटर पीच भइसक्ने उहांले जानकारी दिनुभयो । पालिकाको वडा नम्बर २ बाहेक सबै वडा कार्यालयसम्म पीच बाटोले जोडिएको र वडा नम्बर २को कार्यालयमा पनि यो आर्थिक वर्ष भित्र पीच बाटो पुर्याउने उहांको घोषणा छ ।


    आफैले २४ रोपनीमा ड्रागन फूड्स लगाएर कृषकलाई प्रोत्साहन गरिएको, पालिकामा जन्मेका सबैलाई निसुल्क स्वास्थ्य विमा लागु गरिएको र पालिकालाई ग्यास चुल्हो मुक्त बनाउने योजनामा आफूहरु रहेको उहांले बताउनुभयो । उहांका अनुसार पालिकामामा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको र निजी विद्यालय घट्दै गएका छन् ।

    कालीगण्डकीमा हाल ३९ विद्यालय मध्ये ३५ वटा सामुदायिक र चार वटा मात्र संस्थागत विद्यालय छन् ।

    गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले पालिकामा सबै काम विवाद रहितढंगले हुनेगरेको जानकारी दिनुभयो । उहांले दुर्गम भनिएको पालिकामा पत्रकार महासंघ गण्डकी प्रदेशले कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिनुभयो ।


    पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले पालिकाको पर्यटकीय र पूर्वाधार विकासका जानकारी गराउनुभयो ।
    उक्त अवसरमा नेपाल पत्रकार महासंघ गण्डकीले निर्माण गरेर महासंघ जिल्ला शाखा स्याङ्जालाई वेवसाइट हस्तान्तरण गरेको छ ।

    पोखरा महानगरको सहयोगमा महासंघ गण्डकी प्रदेश समिति अन्तर्गत सूचना तथा प्रविधि उपसमितिले वेवसाइट डिजाइन गरेर महासंघ स्याङ्जालाई हस्तान्तरण गरेको हो ।


    नेपाल पत्रकार महासंघ स्याङ्जाको समन्वय र कालीगण्डकी गाउँपालिकाको सहयोगमा भएको सो कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष नारायण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष राधाकृष्ण डुमले स्वागत एवं र सचिव प्रतीक्षा काफ्लेले संचालन गर्नुभएको थियो ।

    गाउपालिकाको ब्यवस्थापनमा भएको अभिमुखीकरण कार्यक्रम बुधबार र विहिबार गरी दुईदिनसम्म संचालन भएको थियो ।
    सोही कार्यक्रममा गण्डकी प्रदेश सदस्य सुनिल पाण्डेले इन्टरनेट सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.