स्याङजा, १ असार ः अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ ।
स्याङजा, पर्वत र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका—६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो ।
कालीगण्डकीमा उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुबानमा परेको गल्या् नगरपालिका ५ का वडा अध्यक्ष बिष्णुबहादुर क्षेत्री बस्यालले जानकारी दिनुभएको छ । उहाँका अनुसार आज बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि ३० देखि ३५ घर उच्च जोखिममा परेका छन् ।
मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणी बजार डुबानको खतरामा पर्ने गरेको हो ।