स्याङ्जा, १२ असार । कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७८र७९ को लागि नवौ गाउँसभा मार्फत ५५ करोड ३८ लाख ८२ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। बजेटमा वडा स्तरीय आयोजनाका लागि २ करोड ४५ लाख र २९ करोड ५० लाख ८२ हजार पालिका स्तरीय तथा पालिका गैरवका लागि छुट्याइएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाले बताउनुभयो । गाउँपालिकाद्वारा सार्वजनिक गरिएको बजेटले सडक , खानेपानी , शिक्षा , कृषि तथा स्वास्थ्यका क्षेत्रलाई प्राथमिकता राखेको छ।यो आर्थिक वर्षमा मिर्मी भुष्टुङ (रुद्रबेणी सडक खण्ड कालोपत्रे हुने , मालुङ्गा बेल्टारी (वारि चौर( रिडी( शालिग्राम लोक मार्ग र छाप दब्छे सुलसुले वैघा सडक खण्डले पूर्णता पाउने भएका छन् । इसिडी शिक्षकहरूलाई मासिक १५ हजारको वयवस्था गरिएको छ।कालीगण्डकी गाउँपालिकाले आफ्नो नवौ गाउँ सभा मार्फत २०७८र७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो।
यसैगरी, अध्यक्ष खिमबहादुर थापाद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमलाई २ सय १० वटा बुदामा समेटिएको छ । नीति तथा कार्यक्रमलाई दुई भागमा विभाजन गरि प्रस्तुत गरिएको छ। जस्मा ७८ वटा बुदामा २०७६र७७ का विभिन्न योजना तथा कार्यक्रमहरुको समिक्षा गरिएको छ भने १३२ वटा बुदामा आव २०७८र७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। गत वर्षको केही कार्यक्रम कोरोना संक्रमणका कारण पूरा हुन नसकेको कामहरु औल्याइएका छन् । कालीगण्डकी गाउँपालिकालाई भ्रष्टाचार मुक्त बनाउने , जाड रक्सीका लतमा फसेकाहरुलाई उद्वार गर्न पुनःस्थापन केन्द्रको स्थापना गर्ने, कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम लागु गर्ने, सबैका निशुल्करुपमा स्वास्थ्य बिमा, बिद्यालय बिद्युतिय हाजिरी, कोरोना संक्रमितको निशुल्क उपचार, थप स्वास्थ चौकी भवन निर्माण, स्वास्थ्य शिविर सञ्चालन, सञ्चार क्षेत्रमा, सवै बिद्यालयमा ईन्टरनेटको पहुँच, प्रत्येक वडामा ड्र्यागन खेती, कृषक पेन्सन कार्यक्रम, अवैध मदिरालाई नियन्त्रण,न्युनतम बिद्युतिय महशुल पालिकाले छुट गर्ने, सार्वजनिक शौचालय निर्माण, कट्टी भ्यु टावर निर्माणलाई निरन्तरता दिईने उल्लेख गरिएका छन्। गाउँपालिकाले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, कृषि तथा क्षेत्रलाई प्राथमिकता राखेको छ ।
बजेटमार्फत भूमि बैंंक र बहुप्राविधिक विद्यालयको स्थापना, कोरोना सङ्क्रमितको निःशुल्क उपचार, अध्यक्षसँग निःशुल्क औषधि कार्यक्रम सञ्चालन गर्ने, सबै विद्यालयमा इन्टरनेटको पहुँच विस्तार गर्ने कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।प्रस्तुत निती, कार्यक्रम तथा बजेट पारित भएको छ ।