स्याङ्जा, १३ असार । कालीगण्डकी गाउँपालिकाले आर्थिक बर्ष आर्थिक वर्ष २०७९(०८० का लागि नीति कार्यक्रम , बजेट लगायत बिबिध बिषयहरु पािरत गरेको छ । पालिकाका अध्यक्ष खिम थापाले पालिकाको ११ औं सभामा बोल्दै पालिकाका लागि आवश्यक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
उहाले अघिल्ला कार्यकालका अपुरा कार्यलाई निरन्तरता दिदै नयाँ कार्यहरुको सूची प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी, पालिकाले शुक्रबार आयोजित ११औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले ५६ करोड ९१ लाख ५० हजार बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।
विनियोजित रकमको चालुतर्फ ३२ करोड २५ लाख ५५ हजार ९५६।६७ प्रतिशत० र पुँजीगततर्फ २४ करोड ६५ लाख ९५ हजार ९४३।३३० प्रतिशत रहेको छ ।
विनियोजित रकम मध्ये आर्थिक विकासमा ३ करोड १० लाख ५ हजार ९५।४० प्रतिशत, समाजिक विकासमा २५ करोड ३५ लाख १५ हजार ९४४।५० प्रतिशत०, पूर्वाधार क्षेत्रमा १९ करोड ४३ लाख ५० हजार ९३४।१० प्रतिशत०, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड २० लाख ५० हजार ९२।१० प्रतिशत० र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ७ करोड ८२ लाख ३० हजार ९१३।७० प्रतिशत० रहेको छ ।
विनियोजन बजेट मध्ये सबैभन्दा धेरै सामाजिक विकास तर्फ २५ करोड ३५ लाख १५ हजार र सबैभन्दा कम सुशासन तर्फ १ करोड २० लाख ५० हजार विनियोजन गरिएको छ ।