काठमाडौं १६ कात्तिक । अफगानिस्तानको राजधानी काबुलमा दुई शक्तिशाली विस्फोटमा परेर १५ जनाको मृत्यु भएको छ । दुईवटै विस्फोट अस्पतालको अगाडि भएको तालिबानका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
तालिबान सम्बन्धी सुरक्षा अधिकारीका अनुसार विस्फोटमा परेर अहिलेसम्म ३४ जना घाइते भइसकेका छन् । प्रत्यक्षदर्शीले त्यहाँ गोलीको आवाज पनि सुनेको बताएका थिए । अस्पतालका कर्मचारीले अस्पतालभित्र विस्फोटको ठूलो आवाज सुनेका जनाएका थिए।