Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 3
    Trending
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    • ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
    • कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
    • पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान
    • वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने
    • कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ
    • शीतला माविको अध्यक्षमा शेरबहादुर चयन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » काठमाण्डौंमा दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु
    बाग्मती प्रदेश

    काठमाण्डौंमा दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

    Syangja SandeshBy Syangja SandeshMarch 2, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं १९ फागुन । दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गर्नुभयो । फागुन २७ गतेसम्म हुने मेलामा देशभरका ११ वटा विद्यालयका नाटकहरु फाइनलमा पुगेका छन् ।

    नाटक मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्माले समाज पनि पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच नीति आवश्यक हुने बताउनुभयो । ‘राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीति, धार्मिक नीति र सांस्कृतिक नीति, यी सबै नीति एकसाथ चल्नु पर्दछ ।’ तर अहिले सबैतिर राजनीतिक नीति मात्र हावी भएको उहाले भन्नुभयो। सबैतिर राजनीति हावी भएकाले समाजको एकनासको विकास हुन नसकिरहेको पनि उहाको भनाई छ ।

    नाट्यकर्मी महासंघले आयोजना गरेको बालबालिकाहरुको नाटक मेलाले सामाजिक र सांस्कृतिक नीति सक्रिय बनाउन महत्वपूर्ण भुमिका खेल्नेमा आफु विस्वस्त रहेको पूर्वमन्त्री विश्वकर्माले जनाउनुभयो ।

    नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले बालबालिकाहरु संवेदनशील भएको तर, राज्यको आँखा बालबालिकामा पुग्न नसकेको दावी गर्नुभयो । आजको बालबालिकाहरु नै भोलिको भविष्य भएको उल्लेख गर्दै न्यौपानेले बालबालिकाहरुलाई नाटकमा सहभागी गराउनु भनेको उनिहरुको प्रतिभा उजागर गर्नु मात्र नभै उहाहरुमा आत्मविश्वास विकास गर्नुपनि रहेको बताउनुभयो ।

    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ एवम् नाट्य विभाग प्रमुख हिसान मगरले देशको संस्कृतिले नै देशको वास्तविक मुहार देखाउने भएपनि त्यहीँनेर कमजोर भएको बताउनुभयो । ‘बाहिर बसेर आलोचना गर्नु बेग्लै कुरा रहेछ, भित्र बसेर काम गर्नु बेग्लै कुरा रहेछ । अहिले संगीत तथा नाट्य एकेडेमीमा बसेर काम गर्दा यही महशुश गरिरहेका छौं ।’ उहाले नाट्यकर्मी महासंघले गरेको कार्यक्रमलाई सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।

    सिल्क रोड ईन्टरनेशनल लिग अफ थिएटरका संस्थापक दीपक सरकारले नाट्यकर्मी महासंघले बाल नाटक मेलालाई निरन्तरता दिनु महत्वपूर्ण भएको उल्लेख गर्दै बालबालिकाको प्रतिभा प्रष्फुटनको लागि यस्ता मञ्चहरु निर्माण गर्नु र त्यसलाई निरन्तरता पनि चुनौतीपूर्ण रहेको बताउनुभयो ।

    चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले रंगमञ्च र चलचित्र क्षेत्रका कलाकारहरु पेशागत रुपमा पीडित भएको उल्लेख गर्दै पेशागत अधिकारका लागि नाट्यकर्मी र चलचित्रकर्मीहरुको एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमका सभापति नाट्यकर्मी महासंघका अध्यक्ष राजेन्द्र रिमालले बाल नाटक मेलाको माध्यमबाट असल, चेतनायुक्त नागरिक र समाज निर्माणको लागि पहल गरेको बताउनुभयो । उहाले भन्नुभयो ,‘गत वर्ष ग¥यौं तपाईहरुले साथ दिनुभयो, हौसला दिनुभयो, हामी पनि हौस्यौं र फेरि पनि आयोजना ग¥यौं ।’ नेपाली नाट्यकर्ममा धेरै समस्याहरु रहेपनि नाट्यकर्मीहरु एकताबद्ध नभएको कारणले समस्या जुन कानसम्म पुग्नुपर्ने हो त्यहाँसम्म पुग्न नसकेको उहाको धारणा छ ।

    नाटक मेलाको उद्घाटन सत्रमा ग्लाडस्टोन एकेडेमी भक्तपुरको प्रभाकर न्यौपानेले निर्देशन गरेको नाटक ‘गीता’ को मञ्चन गरियो । गीतामा बैदेशिक रोजगारीमा विदेशीएको बाबु सम्पर्क विहिन भएपछि परिवार माथि आइपरेको समस्या समाधान गर्न गरिएको संघर्षलाई उतारिएको छ ।

    बाल नाटक मेलालाई नेपाल टेलिकम, आलिशान फर्निचर वल्र्ड, क्याम्ब्रिज काठमाडौं, नेपाल मेडिकल कलेज, नेपाल एयरलाइन्स, एभरेष्ट बैंक, फरवार्ड माइक्रोफाइनान्स, इजि केयर, सारा इन्टरनेशनल एयरहोस्टेज एकेडेमीले प्रायोजन गरेका छन् । निजी तथा आवासिय विद्यालयहरुको अर्गनाइजेशन प्याब्सन नेपालको सह–आयोजनामा बाल नाटक मेला भइरहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025

    कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन

    November 3, 2025

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    November 3, 2025

    वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025

    कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन

    November 3, 2025

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.