स्याङ्जा २ असार । नेपाली कांग्रेसका महासमिति सदस्य एवं चापाकोट नगरपालिकाका पूर्व प्रमुख शिव गिरीको सवारी दुर्घटनामा परी दुखद निधन भएको छ।
चापाकोट नगरपालिका ४ दार्सिङ् घर भएका ६० बर्षिय गिरी पाल्पाको रामपुर स्थित एक परिवारलाई दुख भेट गरेर फर्कने क्रममा पुतलीबजार नगरपालिका १० बरजामा सो दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाईते हुनु भएका गिरीको जिल्ला अस्पतालमा निधन भएको बताईएको छ। उहाको पार्थिव शरिर अहिले अस्पतालमा राखिएको छ।
पुतलीबजार नगरपालिका १ स्थित आफनै निवासमा फर्कने क्रममा गएराती उहा सवार साधन वडा नं. १० मा दुर्घटना परेको थियो। बा १५ च १७०१ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
गिरीका चालक पुतलीबजार नगरपालिका ९ कोल्माका ३२ बर्षिय सुरज नेपाली प्रहरी नियन्त्रणमा छन्। दुर्घटनाका अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।