शाह मोहम्मद मिया
नेपाली काँग्रेसको आसन्न १४ औ महाधिवेशनमा मुस्लिम समुदायको सहभागिता एवं प्रतिनिधित्व कस्तो रहने रहला । यी जिज्ञासा सधैभरी मेरा मनमा आउने पहिलो हो ।
आफैं पनि गण्डकी प्रदेश सभापतिको जिम्मेवारी सम्हालीरहदा मुस्लिम समुदायबाट उठ्ने प्रश्न पनि यही हो। जसले सधैं मलाई चस्काइरहेको हुन्छ । झस्काइरहेको हुन्छ ।
बिस २०५८ सालदेखि नेपाली कांग्रेस पार्टीको भातृत्व प्रदान गरेसगै पार्टीमा लामो समय देखी लागेका मुस्लिम नेता कार्यकर्ता हर्षित हुदै नेपाल मुस्लिम संघलाई संगठीत गरेका छन। आज ४६ जिल्लामा सक्रिय रुपमा संगठन बिस्तार गर्न सफल भएका छन् ।
संबिधान निर्माणदेखी समुदायका अनेकौ मुद्दामा मुस्लिम संघले आफनो जिम्मेवारी पुरा गर्दै सबैसंग सहकार्य गर्दे अघि बढेको छ। आउदा दिनमा बढ्ने नै छ। पार्टीको एक जिम्मेवार समूह अथवा हजारौंका सङ्ख्यामा पार्टी र सघंमा आबद्ध हामी कता छौं भन्ने कुराले चिन्तित बनाएको छ ।
संघारमा आएको १४ औ महाधिवेशनमा समुदायको अवसर र प्रतिनिधित्वको बिषयमा म मात्र होइन । हाम्रो समुदाय नै चिन्तित बनेको छ। १४ औ महाधिवेशनमा वडा तहदेखि सुरू हुदा यो समुदाय प्रतिनिधित्व बिहीन हुने अवस्थो थियो
नेपाली काँग्रेसको बिधान अनुसार छुट्टै आरक्षण कोटा हुनु पर्नेमा निर्वाचन निर्देशीकामा उक्त ब्यवस्था जनसङ्ख्याको बहाना बनाई हटाईयो । संघको बिषेश पहलमा वडा तहमा आरक्षण कोटा निर्धारण गर्न सफल भयोैं । तर मात्र वडा सम्म आरक्षण सीमीत गराइयो ।
उक्त निर्देशीकाको सबै पहाडी जिल्लाहरुको बिरोधपछि अन्त्यमा वडा भन्दा माथिल्लो तहमा पनी आरक्षण कोटा आयो तर अल्पसंख्यक, अपांग वा मधेसी मध्य एक जना निर्वाचित हुने गरी कोटा आयो जस्ले यो समुदाय न त खुशी बनायो न त दुखी नै भएका छौं हामी।
बर्तमान परिस्थीतीमा हेर्न बाकी छ पहाडी जिल्लाबाट अल्पसंख्यक समुह मध्य यो समुदाय प्रतीको ब्यवहार यो महाधिवेशनको कस्तो रहनेछ। जिल्लागत रूपमा हेर्नेहो भने कास्की, तनहु, लमजुङ, गोरखा, बाग्लुङ र कुस्मा लगायतका जिल्लाहरूमा आरक्षण कोटा बाहेक पनी थुप्रै सङंख्यामा यो समुदायबाट क्षेत्रीय प्रतीनीधी निर्वाचित भएका छन ।
केही हिमाली जिल्लामा भने समावेशी र निर्वाचित गरेर महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि निर्वाचित भएका छन । बिषेश गरी मुस्लिम बाहुल्य रहेका जिल्ला कास्की, तनहु, लमजुङ र स्याङजा मा तिन तहको निर्वाचन हुने क्रम जारी छ।
पार्टीको पछील्लो निर्णय अनुसार यी जिल्लाहरूमा अल्पसंख्यक समुहका अन्य समुदायसँग यो समुदायको कडा प्रतिस्पर्धा हुने शुभसंकेत देखिएकोे छ । नेपाल मुस्लिम संघ गण्डकी प्रदेश नेपाली कांग्रेस का जिल्लातहका नेतृत्ववर्ग लाई समावेशीताका आधारमा मुस्लिम समुदायलाई अवसर र प्रतिनिधित्व हुने गरी ब्यवस्था मिलाउन मेरो अनुरोध छ ।
लेखक प्रतिनिधीसभा क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधिका उमेद्वार हुनुहुन्छ ।
Friday, June 6
Trending
- राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
- जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
- सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
- प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
- सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
- चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
- फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
- सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध