Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, September 16
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कांग्रेस नेता एवं पूर्वमन्त्री धनराजद्धारा बालक रोशनको अभिभावकत्व ग्रहण
    बिरुवा गाउँपालिका

    कांग्रेस नेता एवं पूर्वमन्त्री धनराजद्धारा बालक रोशनको अभिभावकत्व ग्रहण

    अभिभावक गुमाएर एक्लिएका रोशनले अभिभावक पाउनु भएको छ । विरुवा गाउँपालिका — ६ का १४ बर्षिय रोशन शर्माको अभिभावकत्व नेपाली कांग्रेसका केन्द्रिय उपसभापति एवं पूर्वमन्त्री धनराजु गुरुङ्ले ग्रहण गर्नुभएको हो ।
    Syangja SandeshBy Syangja SandeshAugust 8, 2024Updated:August 8, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ साउन । अभिभावक गुमाएर एक्लिएका रोशनले अभिभावक पाउनु भएको छ । विरुवा गाउँपालिका — ६ का १४ बर्षिय रोशन शर्माको अभिभावकत्व नेपाली कांग्रेसका केन्द्रिय उपसभापति एवं पूर्वमन्त्री धनराजु गुरुङ्ले ग्रहण गर्नुभएको हो ।

    असारमा आएको बाढीपहिराका कारण हजुरआमाको मृत्यु भएपछि एक्लिएका बालब रोशनलाई पूर्वमन्त्री गुरुङले शिक्षादिक्षा र लालनपालन समेतको जिम्मेवारी आफुले गरिदिनेगरी अभिभावकत्व ग्रहण गरेको जनाउनु भएको छ ।

    पछिल्लो पटक मंगलबार बिरुवा पुगेर रोशनलाई लिई गुरुङ् काठमाण्डौं फर्किसक्नु भएको छ । उहाले भन्नुभयोे, ‘बाबुका लागि आवश्यक सबै बन्दोबस्त मिलाउनेगरी अभिभावकत्व ग्रहण गर्नेछु । रोशनको लालनपालन, शिक्षादिक्षामा र अभिभावकको कमी हुन नदिनेगरि लालनपालनमा ध्यान दिनेछु।’ गुरुङको गृह जिल्ला स्याङ्जा हो।

    हजुरआमाको मृत्युपछि आफना जेठा हजुरबुवाको घरमा बस्दै आउनु भएको थियो । आफन्तसंगको छलफल र रोशनको पनि चाहना बमोजिम पूर्वमन्त्री गुरुङले साथ लिएर फर्केको नेपाली कांग्रेस विरुवा गाउँपालिका सभापति डोलराज पोखरेलले जानकारी दिनुभयो ।
    जन्मदिने आमाले अर्को बिहे गरेको र बा सुस्त मनस्थिती भएका कारण रोशन हजुरआमा गुञ्जेश्वरी शर्माका साथ बस्नुहुन्थ्यो । उहाहरु बस्दै आएको घरमा खोला र पहिराको जोखिम बढेपछि केही पर अरुको घरमा बस्न गएका बेला घरमाथिबाट पनि पहिरो झरेपछि घर भत्किएर ६९ बर्षिया हजुरआमाको मृत्यु भएको थियो ।

    हजुरआमा गुञ्जेश्वरीको मृत्युपछि रोशन आफन्त कहाँ बस्नु भएको छ । उहा स्थानीय बिद्यालयमा कक्षा ७ मा अध्ययरत हुनुहुन्छ । साथीहरुसंग खेल्न गएका बेला पहिरो झरेका कारण उहा सुरक्षित रहन सफल हुनुभयो । बालस्वभावका स्थिर नभएकै कारण रोशन बच्न सफल हुनुभएको हो ।

    असारको चौंथो साता शनिवार स्याङ्जामा बाढीपहिराले वितण्डा मच्चायो । सोही दिन बिरुवा गाउँपालिका ६ स्याङदीका माधव शर्मा, हरिमाया शर्मा र गुञ्जेश्वरी शर्मा मरासीनीको एकैघरभित्र पुरिएर मृत्यु भयो । ती दुई घर मध्ये एउटा घरमा पती÷पत्नी (माधव र हरिमाया शर्मा) र अर्को घरमा हजुरआमा÷नाती (गुञ्जेश्वरी र रोशन शर्मा) बस्नुहुन्थ्यो ।

    पहिरो खसेका बेला रोशन साथीहरुसँगै घरबाहिर खेल्दै थिए । मुसलधारे पानीले राम्चेभ¥याङ् सामुदायिक बनबाट ठूलो पहिरो झ¥यो। सामुदायिक बनमुनि रहेको स्याङ्दी बस्तीलाई छोप्न थालेपछि स्थानीयबासीले बस्तीमा रहेका २ घरका ४ जनालाई शनिवार दिउँसो सुरक्षित स्थान लामाखेततर्फका एक घरमा लगेर राखियो। सिंगो बन लछारेर पहिरो झर्दा बस्तीका २ वटै घरमा क्षति पुरयायो।


    ग्याग्दी खोला किनारमा रहेको सो बस्तीमाथिबाट झरेको पहिरो र खोला किनारबाट आएको बाढीले असुरक्षित बनायो। स्थानीयले सुरक्षित ठाउँ भनेर लामाखेत ठह¥याए। उही लगेर राख्ने निर्णय बमोजिम उद्धारगरी उहाहरुलाई उतै लगियो। तर, सोही घरमाथि बाट पनि पहिरो खस्यो। सुरक्षित भनेर राखिएको घर झनै असुरक्षित बन्यो। घरभित्र बसेर खाना खादै गरेका अवस्थामा पहिरो झरयो र माधव, हरिमाया र गुञ्जेश्वरी भित्र पुरिए, त्यही नै मृत्युभयो ।

    बाढी र पहिरोमा परेर आजसम्म स्याङजामा ११ जनाको मृत्यु र ७ घाईते भएका छन । भीरकोट, गल्याङ नगरपालिका सहित आँधीखोला गाउँपालिकाका केही बस्तीहरु जोखिममा छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.