स्याङ्जा ११ माघ । नेपाली काँग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनका अवसर पारेर बुधवार स्याङ्जामा ८ जनालाई सम्मान गरिएको छ ।
सम्मान पाउनेमा स्वतन्त्रता सेनानी श्रीप्रसाद जी.टी, खगेन्द्रराज रेग्मी, तारापति सुवेदी, वेदप्रकाश पनेरु, विश्वप्रेम अधिकारी, शालिकराम न्यौपाने, देवबहादुर सिंह, भोलानाथ लम्साल रहनु भएको छ ।
झण्डै ९७ बर्षिय भोलानाथ लम्साल, ८७ बर्षिय तारापति सुवेदी, ८६ बर्षिय वेदप्रकाश पनेरु, ८२ बर्षिय विश्वप्रेम अधिकारी, ७४ बर्षिय खगेन्द्रराज रेग्मी, श्रीप्रसाद जि.टी र शालिकराम न्यौपाने, ७२ बर्षिय देवबहादुर सिंह हुनुहुन्छ ।
उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, स्याङ्जा जिल्ला सभापति एवं संघिय सांसद राजु थापाले दोसल्ला सहित सम्मानपत्रले सम्मान गर्नुभएको हो ।
राणा शासन र एकतन्त्रिय शासन ब्यवस्था बिरुद्धको संघर्ष सहित आमनागरिकका हक, अधिकार प्राप्तिका निम्ति योगदान पुरयाउनु भएको भन्दै स्वतन्त्रता सेनानीका रुपमा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा बहुदलिय ब्यवस्थाका निम्ति रक्त हस्ताक्षर गर्नेदेखि राजनीतिका बिभिन्न चरणबद्ध आन्दोलनकर्ता र वीपी कोइरालाका समिप्यमा रहेर राजनीति गर्नेदेखि नेपाली कांग्रेस स्याङ्जाको नेतृत्व गर्नेसम्मका ब्यक्तिहरु हुनुहुन्छ ।