स्याङ्जा २० साउन । तत्कालिन संबिधानसभा सदसय एवं नेपाली काँग्रेस स्याङ्जाका सभापति कमल प्रसाद पङ्गेनी पाँचौ स्मृति सभा गरिएको छ । नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिको आयोजनामा बयरघारीमा शनिवार स्मृति सभा गरिएको हो ।
स्मृती सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति पुर्व मन्त्री मेखलाल श्रेष्ठले संगठन र विकास निर्माणलाई प्राथमिकता दिन सकेमा मात्र विकासप्रेमी नेता पङ्गेनीप्रती सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । मृत्युपछि पङ्गेनीको गुणगान गाउनु भन्दा पनि उहांको इच्छा र चाहना अनुसार स्वच्छ, सुसंस्कृत , सभ्य, आत्मनिर्भर र समृद्ध समाजको निर्माण लाग्नुपर्ने श्रेष्ठको भनाई छ।
सोही सभापमा पूर्वसांसद भागवतप्रकाश मल्लले पङ्गेनी एक कुशल राजनीतिक सहयात्री भएको स्मरण गर्दै उहाले देखाएका बाटोको अनुशरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । कुशल संगठक र विकासप्रेमी पंगेनीका निधन जिल्लाका लागि सधैभरी अपुरणीय क्षति भएकोमा जोढ दिनुभयो ।
नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले कमल पङ्गेनीको योजना र सपना अनुरूप भीरकोटको विकासमा एकजुट भएर लागेमा मात्र स्व. पङ्गेनीप्रती सच्चा श्रद्धाञ्जली हुने नगर प्रमुख कर्माचार्यको भनाई छ । नगर प्रमुख कर्माचार्यले पङ्गेनीको सम्झनामा बयरघारी मोहनडाँडा सडकलाई कमल पङ्गेनी मार्ग नामाकरण गर्न लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा निवर्तमान नगर प्रमुख छायाराम खनालले स्व. पङ्गेनीले परिवारलाई भन्दा पार्टी र राजनीतिलाई पहिलो प्राथमिकता दिएको स्मरण गर्नुभयो ।
सभामा नेपाली काँग्रेस भीरकोटका निवर्तमान नगर सभापति तोयनाथ अर्याल, नेविसंघ नेता हेमप्रकाश गुरूङ, नेपाल तरूण दल भीरकोटका सभापती राजकुमार गुरूङ, युवा नेताहरू दिपेन्द्र के.सी., रामकृष्ण अर्याल, शेषकान्त खनाल, पिताम्बर श्रेष्ठ , नगर उपप्रमुख भगवती रेग्मी अर्याल, निवर्तमान नगर उपप्रमुख सिमा के.सी.कर्माचार्य, स्व. पङ्गेनीका दाजु लिलाप्रसाद पङ्गेनी, भीरकोट नगर उपसभापति जगदीश प्रसाद कोइरालाले आफ्नो मन्तव्य राखेका थिए ।
नगर सभापति लक्ष्मण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपसभापति विष्णुमाया काफ्लेलेले स्वागत एवं सचिव तारा अर्यालले संचालन गर्नुभएको थियो ।
विस २०३६ सालदेखी विद्यार्थी आन्दोलनबाट नेपाली काँग्रेसको राजनीतिमा लागिपरेका लोकप्रिय नेता स्व. पङ्गेनीको २०७५ साउन २० गतेका दिन हृदयघातका कारण निधन भएको थियो। स्व. पंगेनीको समाजसेवाको अभियानलाई पूर्णता दिन “कमल पंगेनी स्मृति प्रतिष्ठान“ गरिएको छ ।