काठमाण्डौ, २४ असार । ओलम्पिक प्रतियोगितालाई मध्यनजर गर्दै जापानको राजधानी टोकियोमा आपतकाल लागू भएको छ । टोकियो ओलम्पिकमा भीडभाड हुँदा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भन्दै त्यहाँ आपतकाल लागू गरिएको हो । बढ्दो सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रतियोगितामा दर्शकलाई प्रवेशमा रोक लगाउने तयारी भएको छ ।
कोरोनाको सङ्क्रमण रोक्न दर्शकको प्रवेशलाई रोक्नु नै उत्तम विकल्प भएको त्यहाँका विज्ञले बताएका छन् । टाेक्यो ओलम्पिकमा विदेशी दर्शकलाई यसअघि नै प्रवेशमा रोक लगाउने निर्णय भइसकेको छ । टोकियो ओलम्पिकको उद्घाटन आउँदो २३ तारिखमा हुँदैछ । कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोकियो ओलम्पिकको प्रतियोगिता अहिले हुन लागेको हो ।