स्याङ्जा २५ साउन । भोली शुक्रबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा पुरक (ग्रेडवृद्धि) मा स्याङ्जाका एक हजार ९६२ सहभागी हुने भएका छन्।
शुक्रबार र शनिबार हुने परीक्षाका लागि सदरमुकामस्थित पुतलीबजार र वालिङ नगरपालिकामा परीक्षा केन्द्र तोकिएका शिक्षा विकास तथा समन्वय अधिकारी विश्वराज आचार्यले जानकारी दिनुभयो ।
‘यस वर्ष आँखा पाक्ने रोगको संक्रमण दिनप्रतिदिन बढ्ने क्रम जारी छ भने, अर्कोतर्फ, टाढा टाढाबाट परीक्षा दिन आउने परीक्षार्थीलाई सदरमुकामसम्म आउन कठिनाइ देखिएकाले दुई पालिकामा केन्द्र तोकेका उहाले जानकारी दिनुभयो ।
यसअघिका परीक्षा भने पुतलीबजारमा मात्र हुने गर्थ्यो । यसपटक माथिल्ला भेगका पालिकाहरू फेदिखोला, आँधीखोला, पुतलीबजार, भीरकोट, अर्जुनचौपारी, बिरुवा, हरिनासका विद्यार्थी पुतलीबजारमा परीक्षा केन्द्र तोकिएको छ। यसैगरी तल्ला भेगका वालिङ, गल्याङ, चापाकोट र कालीगण्डकीका विद्यार्थीलाई वालिङमा परीक्षा केन्द्र तोकिएका हुन ।
पुतलीबजारमा त्रिभुवन आदर्श मा.वि र स्याङ्जा आवासिय माध्यमिक बिद्यालयमा परिक्षा केन्द्र छ । वालिङ् स्थित पायनियर्श आवासिय माध्यमिक बिद्यालय र पूर्णामृत भवानी माध्यमिक बिद्यालयमा परिक्षा केन्द्र छ । शुक्रवार हुने परिक्षामा एक हजार १७४ र शनिवार हुनेमा ७ सय ८८ परिक्षार्थी सहभागी हुने भएका छन ्।
परिक्षाको सम्पूर्ण तयारी पुरा भएको पनि शिक्षा विकास तथा समन्वय अधिकारी आचार्यको भनाई छ ।