स्याङ्जा १८ चैत । जिल्ला अधिवेशनको पूर्वाद्धमा नेकपा एमाले स्याङ्जाले पार्टी लोगो (चिन्ह) सार्वजनिक गरेको छ ।
गोलो आकारभित्र एमाले निर्वाचन चिन्ह सूर्य र त्यसभित्र ९ सहित छेवैमा पार्टी झण्डा झण्डा बोकेका राजनीतिकर्मीलाई चित्रण गरिएको छ । स्याङ्जाको पहिचान बोकेको आँधीखोले सभ्यता र जिल्लाकै प्रमुख उत्पादन सुन्तला र कफीलाई प्राथमिकतामा राखिएको छ ।
गोलाकार लोगो भित्र बिभिन्न जातजातीका आस्था र संस्कारको पहिचान दिनेगरी धार्मिक स्थल समेटिएका एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) ले जानकारी दिनुभयो । अधिवेशनको उदघाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली स्याङ्जा आउने बताइएको छ ।
अधिवेशन समय नजिकिंदै गर्दा जिल्लाको नेतृत्व सम्हाल्ने उम्मेदवारको चर्चा चले पनि अहिलेसम्म कसैले पनि उम्मेदवारी घोषणा सार्वजनिक गरेका छैनन ्। हालका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस), सचिव राजेन्द्र डुम्रे, पूर्व सांसदहरुका नाम अध्यक्ष पदका लागि चर्चामा छन् । शिर्ष नेताहरुका गोप्य बैठक बाक्लिदै गएका छन ।
अधिवेशनका लागि (१७ ) गते शनिवारदेखि वडा प्रतिनिधि चयन प्रक्रिया सुरु भएको छ । एमालेको ९ औं जिल्ला अधिवेशन यही (चैत) २३, २४ गते तोकेको छ ।