स्याङ्जा ३१ बैशाख । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, स्याङ्जाको संयुक्त आयोजनामा संचालित ट्राफिक सप्ताह समारोह आज सोमबारदेखि सम्पन्न भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा र स्याङ्जा जिल्लाका ११ पालिकाहरुको संयुक्त समन्वयमा सप्ताह कार्यक्रम सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक शालिकराम शर्माले सडक तथा सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक र प्रहरीले चालेका केहि संस्थागत र नीतिगत व्यवस्थाका साथै सचेतनाका लागी गरिएका कार्यक्रमहरुको बारेमा जानकारी दिनुभएको थियो ।
बैशाख २५ गतेदखि सुरु भएको सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक सप्ताहले एक साताभित्र ३२ हजार जनामा सचेतना कार्यक्रम पुर्याउन सफल भएको बताउनुभयो ।
सोही कार्यक्रममा ट्राफिक सप्ताहमा प्रत्यक्ष सहयोग पुर्याउने संस्था तथा व्यक्तिहरुलाई कदर पत्र प्रदान गरिएको थियो । प्रहरी प्रमुख शालिकराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले शुभकामना ब्यक्त गर्नुभएको थियो भने प्रहरी निरीक्षक पावल सिंह लामाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।