स्याङ्जा ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका अवसरमा वालिङमा खुल्ला रक्तदान कार्यक्रम गरीएको छ ।
राष्ट्रिय युवा संघ स्याङ्जाको आयोजनामा ‘रक्तदान जिवनदान जिवनदान महादान’ भन्ने नाराका साथ खुल्ला रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा १२ जना महिला र १७८ पुरुष गरी एक सय ९० जनाले रक्तदान गर्दा एक ९० युनिट रगत संकलन भएको राष्ट्रिय युवा संघले जनाएको छ । संकलित एक सय ९० युनिट रगत पोखरा लगिएको छ ।
वालिङ नगरपालिका १ निवासी समाजसेवी कृष्ण खांणलाई रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरी उद्दघाटन गरिएको थियो । उहाको यो ४० औँ पटकको रक्तदान हो। राजनिति तथा समाजसेवामा सक्रिय खांणले अहिलेसम्म ४०औँ पटक रक्तदान गरेको बताउनुभयो ।