Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 21
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एकै कार्यकालका पाटी सचिव राना र पौडेल प्रदेशसभामा प्रतिस्पर्धी
    राजनीति

    एकै कार्यकालका पाटी सचिव राना र पौडेल प्रदेशसभामा प्रतिस्पर्धी

    Syangja SandeshBy Syangja SandeshNovember 6, 2022Updated:November 6, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० कात्तिक । स्याङ्जाको चिरप्रतिस्पर्धी दल नेपाली कांग्रेस र नेकपा एमाले हो । यहाँ बिभिन्न राजनीतिक दलका उम्मेदवार भए ता पनि अन्तत ः यहाँको प्रतिस्पर्धा भनेको बिगतदेखि कांग्रेस र एमालेबीच नै हुदै आएको छ ।


    यसपटक पनि चुनावी मैदानमा पनि यिनै दल छन्। कांग्रेस, माओवादी र एकिकृत समाजवादी सम्मिलित लोकतान्त्रिक बामगठबन्धन र नेकपा एमाले घोषितरुपमा चुनावी मैदानमा उत्रिएका छन् ।


    मंसिर ४ मा हुने निर्वाचनमा स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्र्तगत प्रदेशसभा २ मा नेपाली कांग्रेसका पूर्वसचिव र नेकपा एमालेका पूर्व सचिवबीच चुनावी प्रतिस्पर्धा छ ।


    कुनै पनि संस्थाका लागि सचिव पद महत्वपूर्ण मानिन्छ । कुनै समयमा राना र पौडेल कांग्रेस र नेकपा एमालेका जिल्ला सचिव थिए । एउटै कार्यकालमा सचिव हुने मौका पाएका उनीहरु जिल्ला स्तरीय कार्यक्रम वा आवश्यक निर्णयमा उहाहरु संगसंगै भएर तोकिएकोे जिम्मेवारी पनि पुरा गर्थे।


    तर, अहिले कांग्रेस पाटीका पूर्वसचिव राना र एमाले पाटीेका पूर्वसचिव पौडेल दुबैजना प्रदेशसभा सदस्यको चुनावी प्रतिस्पर्धा छ । राना कांग्रेसका निवर्तमान् कार्यवाहक सभापति पनि हो । कांग्रेस र एमालेको सांगठनिक संरचना लगायत जिल्लाभरको आ आफना दलिय अवस्थाका बारेमा जानकार दुबै जना एउटै प्रदेशसभाका उम्मेदवार बन्न्ुाभएको छ ।


    कांग्रेसतर्फका उम्मेदवार राना पहिलो पटक चुनावमा भिड्दै हुनुहुन्छ् भने एमालेतर्फका पौडेल आँधीखोला गाउँपालिकाका पूर्वअध्यक्ष । बौद्धिक तथा तार्किक शैलीमा प्रस्तुत हुने रानाले ५ हजार युवालाई रोजगार दिने लक्ष्य सहितका बहुउदेश्यीय योजनालाई चुनावी एजेण्डा बनाउनुभएको छ । फेदिखोला गाउँपालिकालाई मिनी सिटीको रुपमा अघि बढाउने, आँधीखोला करिडोर सहित ओभरहेड ब्रीज, रंगशाला, अर्जुनचौपारीलाई पर्यटकिय हब, पुतलीबजारलाई अन्य शहरसंग जोड्नेगरी उद्योग, ब्यवसाय प्रवद्र्धन र सीप तथा आयमूलक कार्ययोजना बनाएको जनाउनुभयो । उहाले भन्नुभयो, ‘स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, पर्यटन र कृषि लगायतका क्षेत्रहरु प्राथमिकतामा छन्।’


    यसैगरी, पालिका संचालनको ५ बर्षे अनुभव संगाल्नु भएका पौडेलका पनि तीन पुस्तालाई गाउँमै अड्याउने वातावरण सृजना गर्ने लगायतका योजनालाई चुनावी एजेण्डा छन्। बिदेशमा गएका छोरालाई गाउँमै फर्काउने र स्वरोजगार सृजना गर्ने योजना उहाले बताउनुभयो । उहाले भन्नुभयो, ‘गाउँपालिकाको अध्यक्ष भई काम गरेका अनुभवको उपयोग गर्दै बाँकी रहेका अधुरा काम पुरा गर्नेछु।’


    राना पुतलीबजार नगरपालिका ४ का बासिन्दा हो भने पौडेल आँधीखोला गाउँपालिका २ का । दुबै जना बिद्यार्थी कालदेखि नै राजनीतिमा क्रियाशिल पनि ।


    यस प्रदेशमा पुतलीबजार ३, ४, ५, ६, १३ र १४ वडा सहित फेदीखोला गाउँपालिका, आधीखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका पर्छ। यहाँ ५४ मतदानस्थल र ८५ मतदान केन्द्र निर्धारण गरिएको छ । यहाँ ६४ हजार ८५४ मतदाता छन्। तीमध्ये ३२ हजार १२१ पुरुष, ३२ हजार ७३२ महिला र १ अन्य हुन।


    बैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मत हेर्दा यस प्रदेशसभामा नेपाली काँग्रेस सहित लोकतान्त्रिक बामगठबन्धनको मत बढी देखिन्छ । तर, दुबै जनाले भने आ आफुले निर्वाचन जित्ने दावी गर्दै चुनावी प्रचार प्रसारमा हिडेका छन्।


    यस प्रदेशमा २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका मिनप्रसाद गुरुङले २० हजार २४८ मत पाई विजयी भएका थिए भने उनका प्रतिस्प्रधी नेपाली काँग्रेसका उम्मेदवार तुलसी गिरीले १४ हजार ५ सय १० मत पाउनुभएको थियो ।
    गुरुङ् बामगठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो भने गिरी कांग्रेसतर्फका उम्म्ेदवार ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.