Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एकिकृत समाजबादीको शक्ति सुदुरपश्चिममा हेर्नुपर्ने — अध्यक्ष माधबकुमार नेपाल
    राजनीति

    एकिकृत समाजबादीको शक्ति सुदुरपश्चिममा हेर्नुपर्ने — अध्यक्ष माधबकुमार नेपाल

    Syangja SandeshBy Syangja SandeshOctober 29, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादीं) का अध्यक्ष माधबकुमार नेपालले एकिकृत समाजबादीको शक्ति सुदुरपश्चिममा हेर्नुपर्ने बताउनु भएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादीं ) स्याङ्जाको पार्टी कार्यालयको उद्घाटन गर्नै नेपालले समाजबादीको शक्ति केपी ओलीको निद हराम भएको बताउनुभयो । सुदुरपश्चिममा हाम्रो पार्टी पहिलो र एमाले चौथो रहेको बताउदै अध्यक्ष नेपालले आगामी निर्वाचनमा एमाले चौथो पार्टी बन्ने ढोकुवा गर्नुभयो । पार्टी कम्पनी नभएको बताउदै बिचारको लागि पार्टी बिभाजन भएको बताउदै नेपालले अहिले केपी ओली केशरजंग रायमाझी भन्दा फरक नभएको बताउनुभयो ।

    पछिल्लो क्रममा एमाले केपी फाउण्डेसन भएको बताउदै नेपालले एकिकृत समाजबादी ब्याक्ती प्रदान नभई नीति प्रदान भएको र फाउण्डेसन बिद्रोह गरेर एकिकृत समाजबादी बनेको बताउनुभयो । ओलीको कामै अग्रगमनको बिरोध गर्ने र प्रतिगमनको मतियार भएको बताउदै पुर्व प्रधामन्त्री समेत रहनु भएका नेपालले सत्ताबाट हट्ने डरले दुई दुई पटक प्रतिनिधी सभा बिघठन गरेको बताउनुभयो । हिटलर र ओली एकै संस्कारमा हुर्केको बताउदै नेपालले ब्याक्तीबादी स्वार्थका हिमायती गोर्भाचोकले जस्तै ओलीले एमाले बिघठन गर्न पछि नपर्ने दाबी गर्नुभयो । सत्तामा जानको लागि मात्रै पार्टी एकता गरेको र माओबादीको भोटमा ओली प्रधानमन्त्री बनेको दाबी गदै बा भनेर हरिकिर्तन गर्नेका पछाडी लाग्न नसकेको बताउनुभयो ।

    कम्युनिष्ट पार्टीले उठाउने झण्डा राष्ट्रियताको झण्डा भएको बताउदै नेपालले केपी ओली बिदेशीसगँ झुकेको बताउनुभयो । अरुको सम्झान नगर्ने ओली जबज मान्न नसक्ने बताउदै अध्यक्ष नेपालले ओलीले एकलौटी गर र साथीको हुर्मत काड्न मात्र जानेको बताउनुभयो । उहाँले बिचार, काम ठिक भएमा सबैले वाह वाह भन्ने बताउदै बिचार नभएकोलाई बाई बाई गनुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा काग्रेस, माओबादी, समाजबादी, जसपा, जनमोर्चा मिलेर चुनाब लड्ने बताउदै नेपालले आगामी चुनाबमा ओली फाउण्डेसनको भबिष्य सकिने बताउनुभयो । संघिय चुनाब र स्थानिय चुनाब एकै चोटी नहुने बताउदै नेपालले उप स्थानिय र राष्ट्रिय सभाको निर्वाचन पश्चान संघ र प्रदेशको चुनाब हुने बताउनुभयो ।


    यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले अबको २० दिनमा १२ बर्ष माथिकालाई खोप लगाउन एक करोडको सम्झौता भएको बताउनुभयो । १८ बर्ष माथीकाले खोप लगाइरहेको र चाडै सबैले लगाउने बताउदै मन्त्री खतिवडाँले १२ बर्ष मुनिकालाई खोपले मान्यता पाएसगै ल्याउने बताउनुभयो । ओली सरकारले कुनै लक्ष्य बिना सयौ अस्पताल काठमाडौ बसेर उद्घाटन गरेको बताउदै मन्त्ती खतिवडाले पुर्जा र डीपीआर ल्याए अस्पताल खोल्न सरकारले रकम बिनियोजन गर्ने बताउनुभयो । नेकपा एकिकृत समाजबादीका स्थायि कमिटी सदस्य समेत रहनु भएका नेता खतिवडाँलेबताउनुभयो । अबको चुनाबमा लोकतान्त्रीक बाम गठबन्धन हुने जिकिर गर्दै नेता खतिवडाँले एउटा हातमा सुर्य र एउटा हातमा हलो बोक्ने कि कलम मात्र बोक्ने सोच्न आग्रह गर्नुभयो । ठुला दुई पार्टी एकिकृत हुदाँ आसा जागेको बताउदै खतिवडाँले जनताले दिएको बिश्वास माथी ओलीले घात गरेको आरोप लगाउनुभयो । गल्ती स्विकारर्ने नै कम्युनिष्ट हुने बताउदै नेता खतिवडाँले कम्युनिष्ट आचरण नभएकालाई नवौ महाधिबेशनमा नेतृत्व दिदाँ अहिलेको अवस्था आएको बताउनुभयो । जेलमा बसेर अहिलेको पार्टी नबनेको बताउदै नेता खतिवडाँले नेपाल, खनालले बनाएको ठोकुवा गर्नुभयो । बाग मार्ने एउटा जुगाँ उखेल्ने एउटा भएको बताउदै ओलीले कम्युनिष्ट पार्टीमा बिकृति ल्याएको नेता खतिवडाँको भनाई थियो । नीति प्रधान नमानी ब्याक्ती प्रधान मान्दा पार्टी बिभाजन भएको बताउदै खतिवडाँले उखान टुक्काले पार्टी नबन्ने बताउनुभयो । ओलीले चाहेर र नारा लगाएर १४ जना सांसद कारबाही नहुने र एकिकृत समाजबादी खारेज नहुने बताउदै नेता खतिवडाँले बिरोध सत्ता गएको रिस भएको बताउनुभयो ।


    कार्यक्रममा स्थायि कमिटी सदस्य रामजी शर्मा, केन्द्रिय सदस्य ताज महोम्बद मियाँ, जिल्ला इन्चार्ज प्रेमनारायण पौडेल, सांसद कलिलाँ खान, नगर अध्यक्ष श्रीप्रसाद गुरुङ्, सचिवालय सदस्य बिष्णु गिरी लगायतले मन्तब्य राख्नु भएको थियो । जिल्ला अध्यक्ष रामचन्द्र भट्राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिवालय सदस्य बिष्णु गिरीले स्वागत एवं उपसचिब टिकाराम नेपालीले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.