स्याङ्जा १५ भदौ । दुर्लभ रोग इस्पाइनल मस्कुलर रोगबाट ग्रसित नौ महिने बालक मोहमद उस्मान को उपचारको लागि सहयोगार्थ स्याङजाको वालिङ्मा पनि नगद संकलन अभियानलाई तिव्रता दिइएको छ ।
वालिङ मुस्लिम समाजको सक्रियतामा नगद संकलन जारी रहेको हो । अहिलेसम्म १ लाख ६० हजार संकलन गरेका जनाइएको छ । बालकको उपचारका लागि विदेशमा लानुपर्ने र करोडौं रुपैंया खर्च लाग्ने भएकाले यहाका युवाहरुले स्वतफूर्त रुपमा आफना इच्छा बमोजिम दान दिने रकम संकलन गरेका हुन ।
तनहुँका उस्मानको उपचारका लागि स्याङ्जाका मुस्लिम समुदायले रकम संकलनमा चासो बढाएका छन ।