Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, June 10
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » उपभोक्ता हित संरक्षणका सवालमा सरकार सचेत छ —मुख्यसचिव डा. अर्याल
    बाग्मती प्रदेश

    उपभोक्ता हित संरक्षणका सवालमा सरकार सचेत छ —मुख्यसचिव डा. अर्याल

    Syangja SandeshBy Syangja SandeshOctober 9, 2023No Comments6 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौ २२ असोज । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताउनुभएको छ ।


    नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाहरुले चामल, तेल, चीनी, माछा मासु, लत्ताकपडाको मूल्यमा अस्वाभाविक मूल्य बृद्धि हुनुका साथै कृत्रिम अभाव सिर्जना भईरहेको अवस्थालाई मध्यनजर गर्दै आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले विजुलीबजारस्थित एक कार्यक्रमको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले सो कुरा बताउनु भएको हो । उहाले बजार मूल्य नियन्त्रण गर्न, अखाद्य पदार्थको मिसावट रोक्न र म्याद गुज्रेका खाद्य पदार्थ विक्रि वितरण हुनबाट रोक्न बजार अनुगमन नियमित र प्रभावकारी ढँगले हुनुपर्नेमा जोड दिनुभयो ।


    बजारमा मूल्य बृद्धि, अखाद्य पदार्थको मिसावट र म्याद गुज्रेका खाद्य सामाग्रीहरुको विगविगी रहेको भन्दै मुख्य सचिव अर्यालले बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलगायत सबै निकायहरुले नियमित बजार अनुगमनमा ध्यान दिनुपर्ने बताउनुभयो ।


    कालाबजारी र विचौलियाहरुका कारण पछिल्लो समय चीनी लगायतका खाद्य पदार्थहरुमा अस्वाभाविक रुपमा मूल्यबृद्धि भएको प्रति इंगित गर्दै मुख्यसचिव अर्यालले अधिकार प्राप्त प्रशासनिक जगत् उपभोक्ता हित प्रवद्र्धनमा कठोर भएर लाग्न निर्देशन समेत दिनुभयो ।


    मुख्यसचिव अर्यालले बजार मूल्यलाई नियन्त्रण गर्न नेपाल सरकारका निकायहरु जिम्मेवार भएर लागेको जानकारी गराउनुभयो । उहाले भन्नुभयो, ‘साल्ट टेडिङ्ग कर्पोरेशन र खाद्य व्यवस्था कम्पनी लिमिटेडले बजारमा उपभोग्य सामान विक्रि वितरण गरेको छ । हाल बजारमा रु। १५० पर्ने चीनीलाई सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा रु। ९७ मा उपलब्ध गराएका छौँ ।’


    चाडपर्वको समयमा आम उपभोक्तालाई सुपथ मूल्यमा अत्यावश्यक उपभोग्य बस्तु उपलब्ध गराउन जरुरी भएको भन्दै उनले साल्ट टेडिङ्ग कर्पोरेशन र खाद्य व्यवस्था कम्पनीलाई देशभर नै सुपथ मूल्य पसलको पहुँच बनाउन निर्देशन दिएको समेत जानकारी गराउनुभयो ।


    उपभोक्ता स्वयम् सचेत बनेमा उपभोक्ता हित संरक्षण विपरितका गतिविधिमा कमी आउनेमा विश्वस्त हुँदै आफूँ बजारमा नठगिनका लागि सबै उपभोक्तालाई उपभोग्य बस्तुको मूल्य र एक्सपाएर मितिका विषयमा सँधै सचेत रहन सुझाव समेत दिनुभयो ।

    यसैगरी, सुरक्षा सम्वेदनशिलतामा सचेत रहेको एआइजी दिपक थापाले बताउनुभयो । काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले उपत्यका सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्नका लागि सिंगो प्रहरी संगठन सम्वेदनशिल रहेको बताउनुभएको होे। चाडपर्वको समयमा सुरक्षा सम्वेदनशिलतामा चुनौती रहने भन्दै थापाले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी गराउनुभयो । चाडपर्वको बेला घर जाने यात्रुहरु ठगिने गरेको भन्दै उनले यात्रुहरुका लागि हेल्प डेस्क राख्ने बताउनुभयो ।

    सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उपभोक्ता सचेतना जरुरी रहेको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी बस्नेतले बजार अनुगमन प्रभावकारी बन्नका लागि उपभोक्ता सचेतना जरुरी रहेको बताउनुभयो । चाडपर्वको बेला उपभोक्ता हित विपरितका कार्य बढ्ने हुँदा वाणिज्य तथा आपूर्ति हित संरक्षण विभागले दिएको अधिकारलाई प्रयोग गर्दै अनुगमनका कार्यलाई तिव्रता दिएको बताउनुभयो ।


    बजार अनुगमनका कार्य सबै निकायहरुले समन्वय गरेर गर्नुपर्नेमा जोड दिनुभयो। उहाले वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायत सबै निकायहरु मिलेर अनुगमन गरिरहेको भएपनि स्थानीय तहहरुसँग तालमेल हुन नसकेको जानकारी गराउनुभयो ।


    कार्यक्रममा ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बजेट र स्रोत साधनको अभावका बाबजुद पनि ललितपुरमा बजार अनुगमनको कार्य प्रभावकारी बनाउन लागि परेको बताए । वाणिज्य तथा आपूर्ति हित संरक्षण विभागसँगको सहकार्यमा यस आर्थिक वर्षमा ३३ फर्ममा अनुगमन गरेको जानकारी गराउँदै प्रजिअ पण्डितले उपभोक्ता हित विपरितका गतिविधि भएमा आफूँहरुलाई सूचना दिन अपिल गरे ।


    उनले बजारका कालाबजारी, अखाद्य पदार्थको मिसावट, अस्वाभाविक मूल्यबृद्धि, पसलको दर्ता र नविकरण नभएको पाइएपनि ललितपुरका स्थानीय सरकारहरुले वेवास्ता गर्नुका साथै असहयोग समेत गर्ने गरेको आरोप लगाउनुभयो । चाडपर्वको समयमा उपभोक्ता ठगिने कार्य बढ्ने हुँदा त्यस्ता गतिविधि रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न अपिल गर्नुभयो ।

    यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बजार अनुगमनमा नागरिकको दायित्व महत्वपूर्ण हुने भन्नुभयो । उहाले ‘हामी एक बस्तुको उत्पादक तथा विक्रेता भएपनि हामी सबै बस्तुको उपभोक्ता हौँ । त्यसैले हामी सबै व्यवसायी तथा व्यापारीहरुले आफ्नो धर्म र मूल्य मान्यतालाई अंगाल्नुपर्दछ ।

    सबै नागरिकहरु जिम्मेवार र जवाफदेही हुन सकेमा अटोमेटिक नियमित बजार अनुगमन हुन्छ, यसैमा कसैको मुख ताक्नु पर्दैन ।’बजार अनुगमनका लागि पर्याप्त स्रोत, साधन नभएपनि जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुगमन कार्यहरुलाई तीव्रता दिएको बताउनुभयो । उहाले जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेका काम कारबाहीलाई सकारात्मक रुपमा लिनका लागि अनुरोध समेत गर्नुभयो ।


    प्रजिअ श्रेष्ठले बजार अनुगमनका क्रममा फर्म दर्ता र नविकरण भए नभएको, म्याद गुज्रिएका खाद्य पदार्थ, मूल्यसूची देखि भण्डारणको अवस्थाहरुलाई प्राथमिकता दिएर अनुगमनको कार्यलाई तिव्रता दिएको बताउनुभयो। उद्योग वाणिज्य संघको सहयोगमा भक्तपुर जिल्लामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त टिमले प्रहरी प्रशासनलाई लिएर अनुगमन गर्ने गरेको जानकारी दिनुभयो ।


    प्रजिअ श्रेष्ठले भक्तपुरमा २६ वटा निकायमा अनुगमन गरेको बताउँदै अनुगमनको क्रममा २ लाख बराबरको मललयायत सामाग्री जफत गरिएको, २ लाख ५२ हजार जरिवाना गरिएको जानकारी दिनुभयो। कारबाहीका लागि ३ वटा पसल र फर्मलाई कारबाहीको लागि सिफारिस गरिएको छ भने फर्म, पसल, मल, पानी, डेरी र मार्टहरु रहेको बताउनुभयो ।

    वाणिज्य, आपूर्ति तथा हित संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलवालले विभागले स्वच्छ र प्रतिस्पर्धी बजारमा निर्माणमा सक्रिय भएर लागि परेको भन्नुभयो । नेपालीहरुको महान् पर्व विजयादशमी, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा विभागप्रति आम उपभोक्ताको जुन अपेक्षा रहेको छ, त्यो अपेक्षालाई पूरा गर्न लागि परेको उहाको भनाई छ ।


    उनले भने, ‘चाडपर्वको बेला उपभोग्य बस्तुको माग बढिरहँदा जुन किसिमको अभाव र मूल्यबृद्धि छ, त्यसलाई लक्षित गरेर व्यावसायिक लक्षित कार्ययोजन तयार गरेको छौँ । जसमा १० वटा अनुगमन टोली खटिएका छन् ।’
    अनुगमन कार्यलाई प्रभावकारी बनाउनका लागि जिल्ला प्रशासन कार्यालयहरुलाई समेत अधिकार प्रत्यायोजन गरिएको र अनुगमन कार्य गर्न कुनै कानुनी उल्झन नरहेको बताउनुभयो।


    हाल मुलुकभर ९ सय भन्दा बढी सरकारी संयन्त्रहरु बजार अनुगमनमा सक्रिय रहेको भएपनि अपेक्षित रुपमा बजार अनुगमन हुन नसकेको बताए । महानिर्देशक चिलुवालले बजार मूल्यलाई एकरुपता कायम गर्नका लागि विभागले छिट्टै उपभोग्य बस्तुको मूल्य समेत सार्वजनिक गर्ने बताउनुभयो ।


    ।कार्यक्रममा बोल्दै साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडका विभागीय प्रमुख ब्रजेश कुमार झाले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनका ल्याएको जानकारी गराए । पछिल्लो समय चीनीको मूल्य प्रतिकेजी १ सय ५० सम्म पुगेकोमा कर्पोरेशनले रु। ९८ मा नै उपलब्ध गराएको बताउनुभयो ।


    नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईको अध्यक्षतामा आयोजना भएको हो । कार्यक्रममा बोल्दै चौलागाईंले बजार अनुगमनलाई फरक फरक निकायले फरक फरक समयमा गर्नुभन्दा एकद्वारा प्रणालीबाट गर्न सके त्यसले आशातित परिणाम दिन सक्नेमा विश्वास व्यक्त गर्नुभयो ।


    कार्यक्रममा उपभोक्ता जागरण नेपालका अध्यक्ष कृष्ण प्रसाद भण्डारी र खुद्रा व्यापार संघका अध्यक्ष देवेन्द्र श्रेष्ठले उपभोक्ताले भोग्नु परेका समस्याहरुका विषय औल्याएका थिए ।


    कार्यक्रममा काठमाडौ जिल्लाका प्रहरी प्रमुख भुपेन्द्र खत्री, ललितपुरका प्रहरी सिद्धी विक्रम शाहलगायतका विभिन्न विभागका महानिर्देकहरु, नेपाल आयल निगम, खाद्य प्रविधि तथा गुणस्तर विभाग, नापतौल विभागलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.