स्याङ्जा ३ असार । वालिङ नगरपालिकामा बजार अनुगमन गरिएको छ । नगरपालिकाको वडा नं.८,९ र १० को मुख्य बजार क्षेत्रमा अनुगमन गरिएको हो ।
वालिङको मुख्य बजार क्षेत्रमा रहेका पसलहरुले सडक पेटीमा राखेका सामानहरुलाई व्यवस्थित रुपमा राख्न नगर उपप्रमुख कविता तिवारी गैह«ेको संयोजकत्वमा अनुगमन गरिएको हो ।
इलाका प्रशासन कार्यालय, वालिङ, वडा प्रहरी कार्यालय,वालिङ, सशस्त्र प्रहरी बल ३० नंं गुल्म लगायतको सहभागितामा बजार व्यवस्थापन सम्बन्धमा अनुगमन गरिएको हो । अनुगमन गर्दै नगर उप प्रमुख तिवारी गैह«ेले बजारको सौन्दर्यता बचाइराख्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले व्यापारिक प्रयोजनको लागि राखिएका सामग्रीहरुको उचित व्यवस्थापन हुन नसक्दा बजार अव्यवस्थित बन्नुका साथै सौन्दर्यतामा कमी भएको गुनासो आएकोले नगरले योजना अनुरुप नै अनुमगन गरेको उल्लेख गर्नुभयो ।
उपप्रमुख तिवारी गैह«ेले पसलको सटर भन्दा वाहिर सामान राख्दा पैदल यात्रीहरुलाई असहज हुनुका साथै सवारी आवागमनमा सहजता नभएको हुँदा अव्यवस्थित रुपमा सामान नराख्न अनुरोध गर्नु भयो ।
अनुगमनको क्रममा नगरपालिकाले जारी गरेको बजार व्यवस्थापन सम्बन्धी सुचना अवज्ञा गरेको पाइएमा २० प्रतिशत जरिवाना गरिने तथा पटक पटक अवज्ञा गरिएको पाइएमा समान जफत गरिने पनि नगरपालिकाले जनाएको छ ।