स्याङजा १६ कात्तिक । गल्याङ नगरपालिका १ मालुङ्गामा सिलाई कटाई र ब्यूटी पार्लर तालिम समापन सहित प्रविधि हस्तान्तरण गरेको छ । साउन ४ गते सुरु भएको तालिमको आजसमापन गरिएको हो ।
समापन गर्दे नगर प्रमुख भुपराज अधिकारीले स्वरोजगार र उद्यमी बन्नका लागि नगरपालिकाले सबै खालको सहयोग गर्ने प्रतिबद्वता जनाउनुभएको छ । उहाँले तालिम लिए पछि त्यसको सदुपयोग हुनुपर्नेमा जोड दिदै यस तालिमबाट आत्मनिर्भर र उद्यमी बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बैंक तथा वित्तीय संस्थाले व्याजमा सस्तो गरी उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिदै नगरप्रमुख अधिकारीले सस्तो ऋणका लागि पनि आफुले सबै सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो । महिला, असक्त र विपन्न परिवारका लागि आफु सधैं सहयोगी बनेको भन्दै उहाँले त्यसमा आवश्यकता अनुसार सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले तालिमको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष एवं नगरप्रबक्ता गणेशप्रसाद बस्याल, वडा नम्बर २ का अध्यक्ष इबप्रसाद कर्माचार्य लगायतले बोल्नुभएको थियो । आर्थिक विकास शाखा सुशिल अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव मनिराम भट्टराईले गर्नुभएको थियो ।