Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 31
    Trending
    • कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
    • स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
    • असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    • दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
    • प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » उत्पादन गर्नु, बजारको चिन्ता नलिनु— प्रमुख दिलिपप्रताप खाँण
    वालिङ् नगरपालिका

    उत्पादन गर्नु, बजारको चिन्ता नलिनु— प्रमुख दिलिपप्रताप खाँण

    Syangja SandeshBy Syangja SandeshOctober 8, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ असोज । वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बस्तु उत्पादनमा जोड दिन आग्रह गर्नुहुँदै उत्पादित बस्तुको बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने बताउनुभएको छ ।

    वालिङ नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित कुमाल समुदायका महिलाहरुका लागि लक्षित कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना ब्यवसायिक सिलाई कटाई तालीमको उद्घाटन गर्नुहुँदै उक्त धारणा ब्यक्त गर्नुभएको हो ।

    विशेष गरेर महिला दिदीबहिनीहरुलाई सीप सिक्न अनुरोध गर्नुहुँदै सिकेको सीपलाई ब्यवसायिकरुपमा लगाएर आर्थिक लाभ लिन पनि सुझाव दिनुभयो ।

    “तपाईहरुले सीप सिकेपश्चात सिकेको सीपलाई भरपूर प्रयोग गरी ब्यवसाय थाल्नुहोस् र उत्पादनमा जोड दिनुहोस्” प्रमुख खाँणले भन्नुभयो, “उत्पादित बस्तुको बजारीकरणका लागि आवश्यक पहल नगरले लिन्छ ।”

    वालिङ नगरपालिकाका १४ वटै वडामा उत्पादित पहिचानका सामग्रीहरुको प्रदर्शन र बिक्री वितरणका लागि नगरपालिकाले कोसेली घर निर्माण गरेको प्रमुख खाँणले बताउनुभयो ।

    सीप सिकेपछि ब्यवसाय सञ्चालनका लागि रकमको अभाव भएमा नगरपालिकाले बिना धितो बीउ पूँजी उपलब्ध गराउनुकासाथै बैंकहरुसँग नगरपालिका जमानी बसेर सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने प्रमुख खाँणले बताउनुभयो ।

    कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता गैह«ेले कुमाल समुदायका महिलाहरुको मागका आधारमा सिलाई कटाई तालीम सञ्चालन गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि थप कार्यक्रम तथा तालीमहरु सञ्चालन गर्ने बताउनुभयो ।

    उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य धनबहादुर कुमाल, कुमाल समाज वालिङका अध्यक्ष लोकबहादुर कुमाल, कुमाल समाज नेपालका केन्द्रीय सदस्य अमृता कुमाल, दियालो संस्थाका सीता गैह«े लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    दियालो संस्थाका विष्णु गैह«ेको स्वागतसँगै शुरु भएको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष कविता गैह«ेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन दियालो युनएनडिपी परियोजनाका प्रमुख राधाकृष्ण डुम्रेले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    खुमानन्द मृत्यु ः पत्नी संलग्नताको आशंकामा २७ महिनापछि पक्राउ

    July 25, 2025

    स्याङजाका स्थानीय पालिकाहरुले गरे असल अभ्यास साटासाट

    July 25, 2025

    बोलबम धार्मिक यात्रामा निस्किए स्याङ्जाका ७८ युवा

    July 20, 2025

    वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत

    July 18, 2025

    वालिङमा सुन चोरी गर्ने २ जना पक्राउ

    July 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.