स्याङजा ३१ भदौ । ईस्लाम धर्मका सन्देशष्टा पैगम्बर मोहम्मद सलल्लाहो अलैही वस्सलमको जन्मोत्सवको अवसर पारेर मुस्लिम समाजले बिबिध सामाजिक काम गरेको छ । मुस्लिम समुदायका सन्देष्टा वस्सलमका असोज १ गते १४९९ औ जन्मोत्सव हो ।
जन्मोत्सवको अवसर पारेर बाडखोला मुस्लिम समाजको आयोजनामा पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेल मैदान वरपर वृक्षारोपण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यतामा, अनुसन्धान कार्यालय प्रमुख एव पंहरी उपरीक्षक सुसान्त बराल, प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना र उधोग बाणिज्य संघ स्याङजाका अध्यक्ष महादेव श्रेष्ठ लगायतको सहभागितामा बृक्षरोपण गरिएको हो ।
यसैगरी, जिल्ला अस्पताल स्याङजाका उपचारत विरामीलाई फलफूल बितरण गरिएको छ । समाजका सदर हाजी अमीर बक्स मियाको प्रमुख आतिथ्यमा र मदर्शा ब्यवस्थापन समीतीका अध्यक्ष अली मियाको अध्यक्षतामा बिरामी लगायतलाई फलफूल बितरण गरीएको हो ।
सोही अवसर पारेर समाजका उपाध्यक्ष मजिद मियाको संयोजकत्व र कमुरदिन मियाको उप संयोजकत्व र अमिर आलमको ब्यवस्थापनमा अस्पतालदेखी बाडखोला र स्याङजासम्म यात्रा गर्ने यात्रुहरुका लागी टेम्पु यात्रा निशुल्क गरिएको थियो ।
समाजका अध्यक्ष सैदुदीन मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन शाह मोहम्मद मियाले गर्नुभएको थियो । कार्यक्रमलाई शाह खालीद मिया, जलाल मिया, फारुक शाह, मक्बुल मिया, समीर हुसैन, निजाम दिन मिया, अयुब मिया, आरीफ मिया लगायतले ब्यवस्थापन मिलाएका थिए।