स्याङ्जा १७ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले अर्धबार्षिक समिक्षा गोष्ठी गरेको छ ।
स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै पुतलीबजार नगरउपप्रमुख देवी अर्यालले सबै ब्यक्तिका मानवअधिकारका रक्षा र सम्मानका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
मानवअधिकारको क्षेत्र बृहत भएकाले समुदायसम्म पुगेर सचेतना दिन जरुरी रहेको जनाउदै आउदा दिनमा पालिका यस्ता क्षेत्रमा काम गर्ने समेत जानकारी गराउनुभयो । उहाले आफु न्यायिक समिति संयोजक भइरहदा धेरै प्रकारका मानवअधिकार उल्लंघन सम्बन्धी मुद्धा तथा उजुरी आउने गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका नगर सभपाति सुरजकुमार अधिकारी, नेकपा एमाले नगर उपाध्यक्ष मनोजमान श्रेष्ठ, रेडियो स्याङ्जा एवं टेलिभिजनका अध्यक्ष धुवबन्धु पौडेल, इन्सेकका पूर्व प्रतिनिधी राधाकृष्ण शर्मा लगायतले शुभकामना मन्तब्य सहित सुझाव दिनुभएको थियो ।
यसैगरी, ६ महिने अवधिमा जवरजस्ती करणी सम्बन्धी एउटा, घरेलु हिंसाका २६, बहुविवाहका २ र हतियार प्रयोगगरी हत्या भएको १ वटा, शिक्षाबाट वंचित एउटा, बलात्कार ११ र यौनदुब्र्यवहारका १ वटा, अंगभंग तथा कुटपिटका १ वटा मानवअधिकार उल्लंघन सम्बन्धी घटना घटेको इन्सेक प्रतिनिधि समिक्षा ढकालले जानकारी गराउनुभयो ।