Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आसन्न निर्वाचनलाई लक्षित गर्दे पत्रकारलाई प्रशिक्षण
    समाचार

    आसन्न निर्वाचनलाई लक्षित गर्दे पत्रकारलाई प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshNovember 5, 2022Updated:November 5, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १९ कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालयले स्याङ्जाका पत्रकार र संचारमाध्यमको भूमिकाका बारेमा शनिवार प्रशिक्षित गराएको छ।


    प्रशिक्षणको शुभारम्भ गर्दै स्याङ्जाका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले स्वतन्त्र, निष्पक्ष, भएरहित तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । बिगतदेखि नै धेरै पत्रकारले राम्रा काम गर्दै आएको बताउदै तोकिएका आचारसंहिताको पालना गर्दै समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो ।


    मुख्य निर्वाचन अधिकृत ज्ञवालीका अनुसार, ‘आचारसंहिता उल्लंघनका घटनाका बारेमा गुनासो आएका छन्। उल्लंघनका गुनासा एवं घटनालाई सुक्ष्मरुपले अध्ययन अनुसन्धान गरिरहेकाछौं।’ निर्वाचन पूर्व, मतदानका समय र मतघोषणासम्मका समयमा पत्रकारका लागि आवश्यक सूचना सहजरुपमा उपलब्ध गराउनेगरी तयारी भैरहेको उहाको भनाई छ।


    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले निर्वाचनका बेला भएकाले आम नागरिकका आवश्यकतालाई ध्यान दिदै राजमार्गमा आमसभा, जुलुस नगर्न, आयोगले तोके बमोजिमका निर्वाचन सामाग्रीको प्रयोग गर्न, जाडरक्सी तथा मादक पदार्थ खाएर कोलाहल तथा अशान्ति मच्चाउने तथा बिक्री बितरण गर्न नदिन, मौन अवधिका बेला पालना गर्नुपर्ने नियम लगायत मतदानका बेला अपनाउनु पर्ने बिधि र बिधानका बारेमा पत्रकार र संचार माध्यमले समयमै सूसूचित गराएमा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सकिनेमा जोड दिनुभयो ।


    पत्रकार सचेत बर्गका नागरिकसंगै मतदाता पनि भएकाले पेशागत मर्यादा कायम राख्दै समाचार सम्प्रेषण गर्न सुझाव दिइएको छ। प्रजिअ क्षेत्रीले भने, ‘सबै नागरिक वर्दि बिनाका सुरक्षाकर्मी हुन्, सामाजिक सदभाव कायम राख्दै शान्तिपूर्वक मतदान प्रक्रियामा सहभागी हुन पाउने वातावरण सृजना गर्नु सबै नागरिकको दायित्व र अधिकार हो।’


    निर्वाचन प्रक्रियासंगै आचारसंहिता जारी र पालनाका बिषय आउछन्। राजनीतिक दल, शिक्षक, कर्मचारी, पत्रकार सबैका लागि जारी आचारसंहिताको मुख्य उदेश्य भन्नु नै निर्वाचनको निस्पक्षतामा जोड दिनुहो। यो सबैले बुझ्न जरुरी छ प्रजिअ क्षेत्रीले भन्नुभयो ।


    जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले निर्वाचन र संचारमाध्यम बिषयमा र पत्रकार महासंघका निवर्तमान सभापति ओमप्रकाश शर्माले निर्वाचनमा मिडिया र पत्रकारको भूमिका लगायत पत्रकारका आचार संहिता लगायतका छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


    कार्यक्रममा पत्रकार महासंघका सभापति श्रीकृष्ण सिग्देल, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, प्रेस यूनियनका सभापति प्रदीप कोइराला, प्रेस चौतारीका अध्यक्ष सुशिल सुवेदी लगायतले पत्रकार र पेशागत दायित्व र जिम्मेवारी सहित आफना सांगठनिक प्रतिवद्धता जनाउनुभएको थियो ।


    कार्यक्रमको सहजीकरण निर्वाचन कार्यालयका कम्प्यूटर प्राबिधिक खुम भुजेलले गर्नुभएको थियो भने कार्यक्रममा स्याङ्जामा क्रियाशिल २५ जना पत्रकारको सहभागिता थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.