Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आपसी सहयोग केन्द्र स्याङजाको साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
    पुतलीबजार नगरपालिका

    आपसी सहयोग केन्द्र स्याङजाको साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न

    Syangja SandeshBy Syangja SandeshOctober 10, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ असोज । सहकार्यबाट दीगो विकास, गरीवी न्युनीकरणका लागि शैक्षिक पुर्वाधार, शान्त र समतामुलक समाज निर्माणका लागि आधारभूत अधिकार” भन्ने नाराका साथ आपसी सहयोग केन्द्र स्याङजा नेपालले आज आफ्नो २४ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण २०७८ सम्पन्न गरेको छ ।

    संस्थाका गतिविधि र सामाजिक सेवालाई संस्थाका आजीवन तथा साधारण सदस्य लगायत सरोकारवाला एवं लाभग्राहीहरुलाई जानकारी गराई संस्थाको वर्तमान अवस्था र भावी कार्यदिशा प्रदान गर्नका लागि सञ्चालन भएको २४ औं वार्षिक साधारण सभामा बोल्दै पुतलीबजार नगरपालिका वडा नं. १ का वडा अध्यक्ष निर्मल कुमार शेरचनले संस्थाले प्राङ्गारिक कृषि, स्वास्थ्य, प्रविधिमैन्त्री शिक्षा लगायत एकिकृत सामाजिक विकासको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन अग्रणी भूमिका निर्वाह गरिरहेकोले यसका गतिबिधिलाई स्थानीय सरकारले समेत अनुशरण गरेर कार्यसञ्चालनमा सहकार्य गरेमा गुणस्तरीय सेवा र दीगो एकिकृत विकासमा टेवा पुग्ने  कुरा बताउदै त्यसका लागि सबैलाई आग्रह गर्नुभयो । 

    कार्यक्रमका पृथ्वी नारायण क्याम्पस पोखराका प्राध्यापक डा. रामचन्द्र बरालले संघीयताको आगमन पछाडी गैससको भूमिका गौण हुदै गैरहेकोले निरन्तर सकृयताको लागि स्थानीय सरकारसँग खबरदारी र सहकार्यको बातावरण सिर्जना गर्न पैरवी कार्यलाई जारी राख्नु जरुरी भएको बताउनु भयो ।

    कार्यक्रम सञ्चालनका क्रममा संस्थाका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलले संस्थागत विकास प्रतिवेदन, कार्यक्रम एवं साझेदारी विकास निर्देशक हरीप्रसाद ढकालले संस्थाको आर्थिक वर्ष २०७७–०७८ को वार्षिक आर्थिक एवं कार्यक्रमिक प्रगती प्रतिवेदन, संस्थाको वर्तमान अवस्था, आर्थिक वर्ष २०७८–०७९ का लागि संस्थाको संसोधित कार्यक्रम र बजेट साथै आर्थिक वर्ष २०७९–०८० का लागि प्रस्तावित कार्यक्रम तथा वजेट एवं संस्थाको संस्थागत कार्यक्रमिक विकासका लागि आगामी दिनमा लिनुपर्ने नीतिगत व्यवस्थापनका बारेमा प्रस्तुत गर्नुभएको थियो ।

    सभाले संस्थाको आर्थिक वर्ष २०७७/७८ को कार्यप्रगती प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन साथै आर्थिक वर्ष २०७८–०७९ का लागि संसोधित अनुमान ४ करोड ९२ लाख ३८ हजार रुपैंया तथा आर्थिक वर्ष २०७९–०८० का लागि प्रस्तावित ५ करोड, ३० लाख, ७८ हजार रुपैंया बरावरको कार्यक्रम र बजेट साथै संस्थाको भावी कार्यदिशा समेत पारित गरेको छ ।

    सभा सञ्चालनकै क्रममा संस्थाको बार्षिक सामाजिक परीक्षणबाट प्राप्त नतिजाको समेत प्रस्तुति गरिएको थियो । सोहि क्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, आस्क नेपालका उपाध्यक्ष श्यामा शर्मा, संस्थापक सदस्य शिव प्रसाद सुबेदी, सहभागीहरु खेम नारायण ढकाल, सीता शर्मा, भगवान् ढकाल शर्मिला पौडेल, जुनादेवी पुन लगायतले सामाजिक परीक्षण प्रतिबेदन माथी टिप्पणी गर्दै संस्थाको संस्थागत साथैं कार्यक्रमिक विकास एवं भावी कार्यदिशा र पृष्ठपोषण दिनुभएको थियो ।

     संस्थाका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उक्त २४ औं वार्षिक साधारण सभा एवं सामाजिक परीक्षण समारोहको सञ्चालन सचिव कृष्ण प्रसाद मरासिनीले गर्नुभएको थियो । 

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    फरार कसुरदार ३८ वर्षपछि पक्राउ

    November 29, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.