स्याङ्जा १६ असार । वालिङमा आधारभुत पत्रकारिता सम्बन्धी अभिमुखीकरण शुरु भएको छ ।
वालिङ नगरपालिकाको आयोजना र वालिङ टेलिभिजनको समजीकरणमा दुई दिने आधारभुत पत्रकारिता सम्बन्धी अभिमुखीकरण तालिम शुरु भएको हो ।
तालिमको उद्दघाटन गर्दै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले शिक्षालाई व्यवहारिक बनाउने उद्देश्यले प्लस टू अध्यनरत विद्यार्थीका लागी यो अभिमुखीकरण तालिमको आयोजना गरिएको बताउनुभयो । प्लसटू मा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल टेलिभिजनका समाचार प्रधान सम्पादन शालिकराम सुवेदी प्रमुख प्रशिक्षक रहनुभएको छ ।
सुवेदीसंगै रेडियो आँधीखोलाका प्रबन्धक तोलाकान्त बगाले र वालिङ टेलिभिजनका मोहन सुनारले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा स्वागत प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मा र संचालन शिक्षा साखा अधिकृत दुर्गा न्यौपानेले गर्नुभएको थियो ।