Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आज ४६ औं राष्ट्रिय मेलमिलाप दिवस स्याङ्जा मनाइयो
    पुतलीबजार नगरपालिका

    आज ४६ औं राष्ट्रिय मेलमिलाप दिवस स्याङ्जा मनाइयो

    Syangja SandeshBy Syangja SandeshDecember 31, 2022No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ पुस । राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर बिचारगोष्ठी सहित संघ तथा प्रदेशसभामा नवनिर्वाचित सांसदहरुलाई सम्मान गरेर मनाइएको छ । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा क्षेत्र नं. २ बाट निर्वाचित संघिय सांसद धनराज गुरुङ्ले गठबन्धनमा प्रचण्डले बेइमान गरेको बताउनुभएको छ ।

    नेपाली कांग्रेस स्याङ्जाद्धारा शनिवार आयोजित ४६ औं राष्ट्रिय मेलमिलाप दिवस को अवसरमा बोल्दै गुरुङ्ले अस्ति भर्खर प्रचण्डले हामी १५÷२० बर्ष गठबन्धन कायम राख्ने भनेर बोलेको स्मरण गराउनुभयो । निर्वाचनअघि धनराज गुरुङ् लगायतले गठबन्धन गर्नै हुदैन भन्दै आएको भन्नुभयो । तर, अहिले यो परिस्थिती आयो। एकले अर्कालाई दोष लगाउनु भन्दा नयाँ ढंगबाट पार्टीलाई अघि बढाउनुको बिकल्प नरहेको उहाले भन्नुभयो । सरकारमा रहँदा मात्र विकास हुने होइन, जिम्मेवार प्रतिपक्षमा रहेर पनि विकास गर्न सकिन्छ।

    यसैगरी, क्षेत्र नं १ का संघिय सांसद राजु थापाले गठबन्धन तोड्नुमा शेरबहादुर देउवामात्र दोषी नरहेको बताउनुभयो सरकारमा नभए पनि पहिलो दल कांग्रेस रहेको जनाउदै जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाउनुभयो । बर्तमान सरकार ५ बर्ष टिकाउन शुभकामना दिदै उहाले संबिधानको पालना र सुशासनका निम्ति सरकारका गुण र दोष केलाउदै संघ देखि ७ प्रदेशमा हामी प्रतिपक्षमा बस्ने बताउनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेश सांसदहरु भोजराज अर्याल, महेश भट्टराई, सरस्वती तिवारी र कल्पना तिवारी, जिल्ला सदस्य ईन्दिरा केसी, फेदिखोला गाउँपालिका सभापति महेन्द्र थापा लगायतले राष्ट्रियता र प्रतान्त्रको पुनस्थापर्नाको लागि वीपी कोइरालाले ४६ बर्षअघि लिएको मेलमिलापको निती आज पनि उत्तिकै सान्र्दभिक रहेकोमा जोड दिनुभयो ।

    नेपाली कांग्रेस कार्यवाहक सभापति केदार काफलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहसचिव धु्रवबन्धु पौडेलले स्वागत एवं सचिव दामोदर लम्सालले संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा संघिय सांसद धनराज गुरुङ् र राजु थापा, गण्डकी प्रदेश सांसद भोजराज अर्याल, महेश भट्टराई, सरस्वती तिवारी र कल्पना तिवारीलाई सम्मान गरिएको छ।

    किन मनाउने मेलमिलाप दिवस ?
    प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँएको हो ।

    विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो । भारत निर्वासनमा रहँदा कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्ष अघि आजकै दिन स्वदेश फर्कनुभएको हो ।

    देशको सार्वभौमसत्ता संरक्षणका लागि वीपीलगायत नेता ज्यान बाजी थापेर स्वदेशमै फर्कनुभएको हो । विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।

    आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गर्नुभएको थियो । राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४६ वर्षअघि आजैका दिन उहाँलगायत नेता नेपाल फर्कनुभएको हो । विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी वीपी कोइरालालाई रिहा गरिएको थियो ।

    यसपछि एक पटक सुन्दरीजल बन्दीगृह फर्काई प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उहाँलाई बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ । सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेख्नुभएको थियो ।

    बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उहाँको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो । कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रुपमा चिनिनुहुन्छ । विसं २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ । आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.