स्याङ्जा ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको ४२ औं स्मृति दिवस आज स्याङ्जामा विविध कार्यक्रम गरी मनाईएको छ । स्याङ्जाका ११ वटै पालिकामा फरक फरक कार्यक्रम गरी दिवस मनाईएको हो ।
नेपाली कांग्रेुस पुतलीबजार नगर कार्यसमितिद्धारा आयोजित कार्यक्रममा पुतलीबजार नगरपालिका १ स्थित बीपीचोकमा बीपीको शालिकमा माल्यार्पण सहित साँझमा ४२ वटा मैनवत्ती बालिएका थिए । पार्टी कार्यालय लगायत वरपर झण्डै ८० वटा बिभिन्न जातका बिरुवा रापिएका छन् ।
कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख तथा नेपाली कांग्रेसका पूर्व सभापति श्रीप्रसाद घर्तिले महामानव बीपी कोईरालाको बिचार, नीति तथा सिद्धान्त आज पनि उत्तीकै महत्वपूर्ण र आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कार्यवाहक सभापति केदार काफले, पूर्व सांसद भागवतप्रकाश मल्ल, नेपाली कांग्रेस सहसचिव धुवबन्धु पौडेल, प्रदेश १ क सभापति धुव खाँण , नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य सुनिल चापागाई लगायतले वीपी बिचार र उहाका योगदानका बारेमा चर्चा परिचर्चा गर्नुभएको थियो ।
पुतलीबजार नगरसभापति सुरज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव महादेव श्रेष्ठले गर्नुभएको थियो ।
यसैगरी, जिल्लाका एघार वटै पालिकामा वीपीलाई स्मरण गर्दै रचनात्मक एवं सामाजिक सेवामा समर्पित कार्यहरु गरिएका छन् ।