स्याङ्जा, २९ भदौ । आज राष्ट्रिय बालदिवस । सामान्य अवस्था वा कोभिड महामारी, बालअधिकार हाम्रो जिम्मेवारी भन्ने नाराका साथ आज भदौ २९ मा राष्ट्रिय बालदिवस स्याङ्ना लगायत मुलुकभर मनाइदैछ ।
विसं २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन थालिएको हो । इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देखेपछि नेपालमा पनि मनाउन थालिएको हो । त्यसपछि उहा भारतबाट फर्केपछि मुमा रत्नद्वारा आफ्नो जन्म दिनपारी विसं २०२१ भाद्र ४ मा नेपाल बाल सङ्गठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको हो ।
लोकतन्त्रको स्थापना पश्चात यसको पूरानो संरचनामा केही फेरबदल भयो परिणामस्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसका मितिलाई पनि परिवर्तन गर्दै भदौ २९ गतेलाई राष्ट्रिय बालदिवका मनाउन लागेको हो ।
उसैगरी, राष्ट्रिष् बाल दिवसको अवसर पारेर भिरकोट नगरपालिकाले दिवसका पूर्वसन्ध्यामा खुला चित्रकला प्रतियोगीता गरेको छ ।
गण्डकी प्रदेश शिक्षा संस्कृति बिज्ञान प्रविधी तथा सामाजिक विकास मन्त्रालय र भीरकोट नगरपालिकाको समन्वयमा निजी तथा सरकारी विद्यालयका बिद्यार्थीबीच प्रतियोगिता गरिएको हो । प्रतियोगिताका कक्षा १ देखी १२ सम्मकागरी बिभिन्न चरणका ४० जना बिद्यार्थी सहभागी थिए ।
सहभागी बिद्यार्थीको नतिजासंगै बालदिवसका दिन आज पुरस्कृत गरिने भीरकोट नगरप्रमुख छायाराम खनालले जानकारी दिनुभयो ।
Friday, November 14
Trending
- प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
- चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
- कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
- संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
- अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
- चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
- राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
- महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
